fbpx

बल्खुबाट लागू औषधसहित १ जना पक्राउ


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रहरीले प्रतिबन्धित लागू औषध डाईजे ल्याब, नोफिनसहित एक जनालाई पक्राउ गरेको छ । २७ सय थान लागू औषध डाईजे ल्याब, नोफिनसहित बर्दियाका ३२ वर्षीय लालबहादुर राना काठमाडौंको बल्खुबाट बिहिबार दिउँसो २ बजे पक्राउ परेका हुन् ।

उनले उपत्यका बाहिरबाट सो लागू औषध काठमाडौं ल्याई बिक्री गर्नेक्रममा पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी नायव उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले उनको साथबाट हजार दरको नोट ३० थान तथा भिभो लेखिएको मोबाईल एक थान पनि बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार