घुससहित सहायक वन अधिकृत र कार्यालय सहयोगी पक्राउ



नेपालबहस संवाददाता
 




  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिमरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाले घुससहित सहायक वन अधिकृत र कार्यालय सहयोगीलाई पक्राउ गरेको छ ।

जिल्ला वन कार्यालय सिमराका सहायक वन अधिकृतसहित २ कर्मचारीलाई एक लाख १५ हजार रुपैयाँ घुससहित अख्तियारको टोली शुक्रबार पक्राउ गरेको हो ।

शुक्रबार वन कार्यालयले आह्वान गरेको कबाडी ठेक्काको टेन्डर स्वीकृत गर्न सहायक वन अधिकृतसहितका कर्मचारीले आर्थिक चलखेल गरेको गुनासो आएपछि अख्तियारले निगरानी बढाएको थियो ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सम्बन्धित समाचार