फेसबुकले ल्याउँदै छ सुपरफास्ट वाइफाई


Share This


नेपालबहस संवाददाता    

फेसबुकले सहरी क्षेत्रमा तीव्र गतिको इन्टरनेट अर्थात सुपरफास्ट इन्टरनेट उपलब्ध गराउने तयारी थालेको छ । फेसबुकले ६० गिगाहर्जमा काम गर्ने टेराग्राफ सिष्टम निर्माण गरेको छ । उक्त सिस्टमले सहरी क्षेत्रमा तीव्र गतिमा वाइफाईको सहयोगले इन्टरनेट उपलब्ध गराउने छ ।

टेराग्राफ सिस्टम प्रयोग गरी ३ सय देखि ५ सय मिटरको दूरीसम्म वाइफाई उपयोग गर्न सकिन्छ । फेसबुक र क्वालकोमद्वारा तयार पारिएको उक्त प्रविधिबाट २० देखि ४० गिगाबाइट प्रतिसेकेन्डको दरमा डाटा उपलब्ध हुन्छ । यद्यपि प्रयोगकर्ता धेरै भए यसको स्पिड भने घट्न सक्छ । एजेन्सी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार