सामाजिक सञ्जालमा प्रम ओलीको ट्वीट : प्रदर्शन रोक्ने निर्णयको बचाउ


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीले माइतीघर मण्डला लगायतका क्षेत्रमा प्रदर्शन गर्न रोक लगाउने निर्णयको बचाउ गरेका छन् ।

सर्वोच्च अदालतले त्यो निर्णय कार्यान्वयन नगर्ने अन्तरिम आदेश दिनु केही समयअघि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा प्रधानमन्त्री ओलीले संसार सबै देशमा जहाँसुकै प्रदर्शन नहुने भन्दै आलोचना सुन्ने तर बेथितिको अन्त्य गर्ने बताएका हुन्।

उनले हिजो शान्तिपूर्ण प्रदर्शनमा १२२ जना नागरिकको ज्यान लिनेहरू नै अहिले अधिनायकवाद बेचिरहेको आरोप पनि लगाएका छन्।

ुहामी शान्तिपूर्ण आन्दोलनमा हुँदा जो गोलीका ऑखा हुँदैन भन्दै प्रहार गर्नुहुन्थ्यो,जसले तीनवर्षमा शान्तिपूर्ण प्रदर्शनमा १२२ नागरिकको ज्यान लिनुभयो,उहॉहरू अहिले अधिनायकवाद बेचिरहनु भएको छ।हामी आलोचना सुन्छौं र देशमा वेथीति अन्त्य गर्छौं।संसारका सबै देशमा जहॉसुकै प्रदर्शन हुँदैनन्,ु प्रधानमन्त्रीले लेखेका छन्।

यसअघि काठमाडौं प्रशासनले साउन १ गतेदेखि लागू हुने गरी काठमाडौंमा सात स्थानमा मात्र प्रदर्शन गर्न पाइने निर्णय गरेको थियो।सो निर्णयको चौतर्फी विरोध हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार