अमेरिकी राष्ट्रपति ट्रम्पको ट्वीट : डुङ्गा दुर्घटनाप्रति गहिरो सहानुभूति


Share This


नेपालबहस संवाददाता    

वासिङ्टन । अमेरिकाको मिसौरी राज्यको एक तालमा बिहीबार पर्यटक बोकेको डुङ्गा दुर्घटनामा मृत्यु भएका ११ जनाको परिवारप्रति अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले गहिरो सहानुभूति व्यक्त गरेका छन् ।

डुङ्गा दुर्घटनामा परी ११ जनाको मृत्यु भएको र अन्य पाँच जना बेपत्ता भएको समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै ज्यान गुमाएका परिवारजनमा भगवानले धर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्दै ट्वीट गरेका छन् ।

पर्यटकहरु जल सफर गरिरहेका बेला ठूलो आँधीबेहरी आएर दुर्घटना भएको बिबिसीले जानकारी दिएको छ । दुर्घटनामा घाइते भएका ७ जनालाई उद्धार गरी नजिकैको अस्पतालमा भर्ना गरिएको छ ।

तपाईको प्रतिक्रिया