एसियाडमा नेपाललाई पदक जिताउने खेलाडीलाई प्रधानमन्त्रीको बधाई


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एशियाली खेलकूद एशियाडमा रजत पदक जित्न सफल नेपाली प्याराग्लाइडिङ खेलाडीलाई बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार साँझ ट्वीटमार्फत पदक विजेता टोलीलाई बधाई दिएका छन् ।

इण्डोनेसियामा जारी १८ आँै संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत पदक हात पारेको हो । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो ।

तपाईको प्रतिक्रिया