fbpx

आजदेखि ब्लक भए पोर्नसाइट


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गएको शुक्रबार सूचना तथा सञ्चार मन्त्रालयले अश्लील तथा यौनजन्य सामाग्री बन्द गर्न निर्देशन दिए पनि आजदेखि बल्ल केही आइएसपीहरुले पोर्न साइटहरु बन्द गरेका छन्।

केही आइएसपीहरुमा भने अझै पनि पोर्न साइट खुलेको छ। वर्ल्डलिङ्क, क्लासिटेक जस्ता आइएसपीहरुले त्यस्ता साइट ब्राउज गर्दा नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा साइट ब्लक गरिएको सूचना राखेका छन्।

नियामक निकाय दूरसञ्चार प्राधिकरणले मंगलबार बल्ल सूचना निकाली यस्ता साइट बन्द गर्न निर्देशन दिएको थियो। कुन कुन वेबसाइट ब्लक गरिएका हुन् भन्ने चाहिँ सार्वजनिक भएको छैन। न कति वटा वेबसाइट ब्लक भए भन्ने नै सार्वजनिक भएको छ। केही साइटहरु अझै पनि खुला नै छन्।

२०६९ सालमा भने प्राधिकरणको निर्देशनमा ब्लक गरिएका साइटहरुको सूची नै सार्वजनिक भएको थियो।

यस्तो थियो प्राधिकरणको सूचना

सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सूचना


सरकारले यो विज्ञप्तिमा अपराध संहिता ऐन उल्लेख गरेको छ। यो ऐन पूर्ण रुपमा लागू हुने हो भने अश्लील किताब वा ब्लु फिल्म आफूसित राखे मात्र पनि एक वर्ष कैद हुनसक्छ।

यो कानुन अनुसार शारीरिक कामोत्तेजना बढाउने वा काम वासनामा आशक्त गराउने वा चरित्रहीन बनाउने कुनै अश्लील किताब, पर्चा, रेखाचित्र, तस्बिर, रेकर्ड वा अरु कुनै वस्तु बनाउन, मुद्रण गर्न वा प्रकाशित गर्न वा विद्युतीय सञ्चार माध्यमबाट प्रचार प्रसार गर्न हुँदैन।

ऐनको दफा १२१ को ‘घ’ले यस्तो सामग्री आफूसँग बोक्न पनि नहुने लेखेको छ। अर्थात् कसैले ब्लु फिल्म पेन ड्राइभमा राखेर बोकी हिँडेको छ भने पनि यो दफा आकर्षित हुने भो।

उपदफा २ अनुसार यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार