बहुप्रतिभाका धनि सर्जक तथा गीतकार किरण केसी

काठमाडौ । नेपाली सांगीतिक क्षेत्रमा करिब पाँच दर्जन आफ्ना गीतहरु रेकर्ड गराइसकेका बहुप्रतिभाका धनि सर्जक, गीतकार किरण केसी क्रोधीले आफ्नै २ वटा गीति एल्बम समेत नेपाली सांगीतिक बजारमा निकालिसकेका छन् । सानै देखि गित संगीतमा रुचि राख्ने गीतकार क्रोधीको पहिलो गित २०३५ सालमा रेकर्ड भएको थियो । जसमा संगीतकार राम थापाको संगीतमा गायक प्रकाश श्रेष्ठ र गायिका राजेश्वरी श्रेष्ठले स्वर भरेका थिए । काठमाडौँका स्थायी बासिन्दा गीतकार किरण केसी क्रोधिले लगभग ५०० भन्दा बेसी गित रची सकेका छन् त्यस मध्ये ५ दर्जन गित रेकर्ड भईसकेका छन् । थप पढ्नुहोस्

साहित्यकार अमरको ‘मायासँग’ को पलहरु सार्वजनिक

काठमाडौं । गीत संगीत बिना वास्तबमा मान्छेलाई जीउन गाह्रो हुन्छ । बिहान बेलुकी अनि हरपल मान्छेहरूको मनमा गीत संगीत लुकेको हुन्छ । दुस्खमा होस् या सुखमा हर्ष, विस्मात र भगवान भक्तिमा भजन जताततै आखिर गीत मान्छेहरूको एक अभिन्न मित्र भनेकै गीत, संगीत हुन्छ ।नेपाली साहित्यमा विगत तीन दशकभन्दा बढी अनवरत रूपमा निरन्तर लागि रहनु भएका कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन 'अमर' को रचनामा अमरको २० औं कृतिमा रहने 'मायासँगै मन रमाउँछ त्यो रूपैले मलाई सताउँछ,अब तिमी मलाई साथ देऊ एक्लै यो मन हराउँछ' बोलको गीतको भिडियो सार्वजनिक भएको छ । थप पढ्नुहोस्

चलचित्र ‘गरुड पुरान’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘गरुड पुराण’को गीत सार्वजनिक भएको छ । कोशिष क्षेत्री र मनिषा पोख्रेलले गाएको सार्वजनिक गीत दिनेश राउतले लेखेका हुन् । ‘म त पिरिममा’ बोलको गीतमा निश्चल बस्नेतका साथमा चलचित्रका कलाकारहरु कर्मा र नव अभिनेत्री प्रियंका सिंह ठकुरी फिचर्ड छिन । गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन देखिएकी छिन । कोरियोग्राफी रेनाशा वान्तवा राईले गरेकी छिन् । पारिवारिक प्रेमकथामा आधारित गरुड पुराणमा हास्य रस पनि रहेको निर्देशक सुबास कोईरालाको भनाई छ । थप पढ्नुहोस्

गायक लोकेन्द्र शाही र बालिका तामाङको “आत्महत्या ”

काठमाडौं । जिवनका वियोगान्त घटना क्रमलाई समेटेर बजारमा सर्वोकृष्ट गीतहरु आइरहेको अवस्थामा भैरब कालिका म्युजिक प्रालीको प्रस्तुतीमा गायक लोकेन्द्र शाही र बालिका तामाङको आवाजमा “ आत्महत्या ”बोलको गीत भर्खरै मात्र बजारमा आएको छ । बाध्यता र बिवस्ताको कारण आपसमा टुटनु पर्दाको पिडालाई गीतमा समेटिएको छ । मायामा रहेका प्रेमिल जोडीहरुको पिडालाई निकै मार्मिक रुपमा समेटिएको छ । बालिका तामाङको शब्द सिर्जना तथा लोकेन्द्र शाहीको मौलिक लय सिर्जनमा गीत तयार पारिएको छ । अजय रेग्मीको छायाँकन , दिपक विष्टको सम्पादन , काजिश श्रेष्ठको निर्देशन गीतमा रहेको छ । थप पढ्नुहोस्

‘भ्वाईस अफ नेपाल’का सहभागी सिडि विजय को हुन् ?

तानी थापा पोखरा । पहिले दोहोरीमा काम गर्थे उनि । पोखरामा जतिबेला संगीतसंघर्ष गर्थे । सानैदेखि गीतगायनमा रुचि राख्ने उनि अर्थात गायक सिडि विजय अधिकारी हाल संगीतका माध्यमनै चम्कीरहेका छन् । विभिन्न गायन प्रतियोगीताहरुमा सहभागि भई थुप्रै स्थानिय पूरस्कार हात पारिसकेपश्चात २०१० बाट औपचारिकरुपमै संगीतलाईनै मूख्य पेशा बनाएका सिडि अहिले नेपालमा जारी गायन रियालिटी शो ‘द भ्वाईस अफ नेपाल’ का दाबेदार प्रतियोगी मध्यका एक प्रतियोगी हुन् । उनि अहिले उत्कृष्ट २४ मा पर्न सफल भईसकेका छन् । उक्त रियालिटी शोको भोटिङ राउन्ड जारी छ । थप पढ्नुहोस्

गीताको तिहारमा गीत बाटो पर्खेर

काठमाडौं । हिन्दुहरुको महान चार्डको अवसर पारेर डि ए आर मुभिज एण्ड फिल्म्स इन्डस्ट्रिज प्रा.लि.ले डि एन दाहाल 'धनपति' को प्रस्तुतिमा गीता देवीको तिहार गीत बाटो पर्खेर को भिडियो सार्बजनिक गरेको छ । दशैं गीत 'रुन्छ यो मन' पछि डि.आर.मुभिजको पृथक देउसी भैलो सहितको परदेशी दाजुभाई र गाउँमा रहेकी चेली प्रति समर्पित कथा गीतले बोकेको छ । हाल सम्म चार हजार भन्दा बढी गीतमा स्वर दीइ सकेकी गायिका गीता देवीको साथमा यो गीतमा जे.गौतम ले स्वर दिएका छन् । डि एन दाहाल 'धनपति' को शब्द संकलन रहेको उक्त गीतको लय संकलन एवं भिडियो परिकल्पना जे.गौतम स्वयम्को रहेको छ । थप पढ्नुहोस्

विष्णु राईको सगैँ जिउला सगँसगैँ मरौला

काठमाडौं । लोक गीत संगीतको विकाशमा समर्पित प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा विष्णु राईको लोकदोहोरी गीत ” सगैँ जिउला सगँसगैँ मरौला” गीतको भिडियो आजबाट बजारमा आएको छ । गीतमा गायिका टिका पुन र गायक विष्णु राईको आवाज रहेको छ । प्रेमका सर्वोकृष्ट भावहरुलाई कलात्मक तथा मौलिक रुपमा गीतमा जिवन्तता दिइएको छ । भेट भएको अवस्थामा नै आपसी प्रेमका सम्वादहरुलाई ब्यक्त्त गर्न सुभाव प्रेमिकालाई दिइएको छ । विष्णु राईको शब्द तथा लय सिर्जनामा गीत तयार गरिएको छ । सागर गौत्तमको छायाँकन , अविनास डिसीको सम्पादन र बविता श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । थप पढ्नुहोस्

ईशाको आशुलाई किन बुझ्न सकेनन् बिरेन्द्रले ?

इटहरी । संचारकर्मी बिरेन्द्र कुमार शाहको शब्द रचना तथा गायिका सपना गिरीको सुमधुर स्वर तथा अर्जुन सेन्चुरीको संगीत रहेको 'यो दिल बाट' बोलको गित तथा म्युजिक भिडियो मोरंगको बिराटनगरमा एक भब्य कार्यक्रम गरि सार्बजनिक गरिएको छ । परिकला मिडिया प्रालिको प्रस्तुति रहेको उक्त्त भिडियोलाई मार्टिना मेकअप स्टुडियोले निर्माण सहयोग गरेको हो । भिडियोमा मोडल इशा परियार र बिरेन्द्र कुमार आफैले दमदार अभिनय गरेका छन् । भिडियोमा सुवास संकल्पको निर्देशन, छायांकन तथा सम्पादनमा उक्त भिडियो निर्माण गरिएको हो । थप पढ्नुहोस्

द बिस्पा र इन्टेस ईल्डमा रेश्मा उल्लु

काठमाडौं । गायिका रेश्मा सुनुवारको आवाजमा र द बिस्पा र इन्टेस ईल्डको निमार्णमा उल्लु सार्वजनिक भएको छ । गायिका सुनुवार कै अफिसिएल युटुब बाट सार्वजनिक गरिएको छ। म्युजिक भिडियो निर्देशक बिभोर पोख्रेलको निर्देशन रहेको भिडियोमा कोरियोग्राफी र लिड मेल मोडलमा अनुराग ठकुरी रहेका छन्। अनुराग संगै भिडियोमा फिमेल मोडलमा स्वीकृति प्याकुरेल , समिता ओझा र डिचेन लामा लाई फिचर गरिएको छ। कोरियोग्राफीमा नयाँ कन्सेप क्यामेरा सँगको केमेष्ट्री मिलाउन निकै गारो भएको थियो भिडियो को टेष्ट फरक पार्नु नै मेरो लक्ष थियो कोरिग्राफ़र अनुराग ठकुरीले बताए । थप पढ्नुहोस्

‘महिला गीतकार सम्मान’बाट खत्री सम्मानित

काठमाडौं । साहित्यकार गीता खत्रीलाई ‘महिला गीतकार सम्मान’बाट सम्मानित गरिएको छ । महिला गीतकार संघ नेपालले विजया दशमी, शुभदीपावली, नेपाल सम्वत् ११३९ तथा छठ पर्वको अवसरमा राजधानीमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा सम्मान समारोह २०७५’ का अवसरमा साहित्यकार तथा गीतकार खत्री सम्मानित भएकी हुन् । उनलाई वरिष्ठ साहित्यकार भद्रकुमार घले, महिला गीतकार संघ नेपालका अध्यक्ष अस्मिता भण्डारी र संघका प्रमुख संरक्षक उन्नती बोहोरा ‘शीला’ले सम्मान गरेका थिए । थप पढ्नुहोस्
1 2 3 18