भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा असर
नेपालबहस संवाददाता
जेठ १८, २०७९ बुधबार १३:४३:३३
१८ जेठ, काठमाडौं । छिमेकी मुलुक भारतले गहुँपछि चिनी निर्यातमा रोक लगाएको छ । भारत सरकारले जुन १ गते आजकै मितिदेखि लागू हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतले १८ जेठबाट चिनी निर्यातमा रोक लगाउने भएको छ । भारतले चिनी निर्यातमा रोक लगाएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्ने उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका प्रवक्ता डा। नारायणप्रसाद रेग्मीले बताए ।
नेपालमा भारतबाट वार्षिक एक लाख ६० हजार मेट्रिकटन चिनी आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा छ । नेपालको उत्पादनले वार्षिक मागको करिब ५० प्रतिशत मात्रै माग धान्न सक्ने उनको भनाइ छ । नेपाली बजारमा वार्षिक तीन लाख मेट्रिकटन चिनी खपत हुने गर्छ । ‘भारतले चिनीमा प्रतिबन्ध लगाए पनि तेस्रो मुलुकबाट आयात गरेर मागको सम्बोधन गर्छौँ, त्यसका लागि हामीले तयारी थालेका छौँ,’ उनले भने ।
नेपालमा अहिले वार्षिक करिब एक लाख ४० मेट्रिकटन उत्पादनसम्म चिनी उत्पादन भइरहेको छ । पछिल्लो वर्ष उखु उत्पादनमा कमी आउन थालेसँगै चिनी उत्पादनमा समेत कमी आइरहेको छ ।
समयमै उखु किसानले भुक्तानी नपाउने र बाली लगाएको लागतसमेत नउठ्ने समस्याले उखु किसान निरुत्साहित बन्न पुग्दा त्यसको असर चिनी उत्पादनमा परेको राष्ट्रिय कृषक संघका अध्यक्ष नवराज बस्नेतले बताए ।
नेपालमा चिनी आयात गर्ने नेपाल साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग अहिले चिनी मौज्दात नभएको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका प्रवक्ता कुमारराज भण्डारीले जानकारी दिए । ‘अहिले हामीसँग स्टक चिनी छैन, आगामी १६ तारिखमा अन्तर्राष्ट्रियस्तरमै टेन्डर आह्वान गर्दै छौँ त्यसपछि बल्ल सम्भव होला,’ भण्डारीले भने, ‘चिनीको अभाव झेल्नुपर्छजस्तो लाग्दैन, भारतले नदिए अन्य मुलुकबाट ल्याउन सकिन्छ ।’
भारतले हुन सक्ने खाद्यान्न संकटलाई ध्यानमा राखेर निर्यातमा कडाइ गरेको उनको अनुमान छ । चिनी उत्पादनको सिजनमा एक करोड मेट्रिकटनसम्म चिनी निर्यात नरोकिने भारतले बताएको छ । सन् २०२१ अक्टुबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारको बेइमानी : १३ लाख बालबालिकाको भविष्य जोखिममा
कात्तिक ८, २०८० बुधबार
राजधानीको हल्चोक स्थित रातामाटामा चङ्गा उडाउँदै [ फोटोफिचर ]
असोज २३, २०८० मंगलबार
अनधिकृत अनुवाद र पाइरेसीको विकृत धन्दा, एउटाको दुःख, अर्कोलाई मोज
असोज ८, २०८० सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार