कर्मचारी परिषद्लाई बन्दका कार्यक्रम स्थगन गरी वार्तामा आउन मन्त्रालयको आग्रह
नेपालबहस संवाददाता
भदौ १२, २०७९ सोमबार ३:२४:५४
१२ भदौ, काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारी परिषद्लाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरी वार्तामा आउन पत्राचार गरेको छ ।मन्त्रालयले आज परिषद्को राष्ट्रिय समितिलाई पत्र पठाइ नेपाल शिक्षक महासङ्घमार्फत वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको हो ।
तलब सुविधामा विभेद भएको विषयमा परिषद्ले आन्दोलन गर्दै आएको छ । सरकारको बजेट वक्तव्यबाट विद्यालयका कर्मचारीको तलब र ज्यालामा विभेद गरिएकाले आन्दोलन सुरु भएको हो ।
परिषद्ले गत साउन २३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गरी माग पूरा गर्न आग्रह गरेकामा समस्याको समाधानका लागि पहल भइरहेको मन्त्रालयले जनाएको छ ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले आज बेग्ला बेग्लै विज्ञप्ति जारी गरेर परिषद्को मागप्रति सुनुवाइ गर्न माग गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
महोत्तरीमा सामुदायिक विद्यालयबाट एसईईमा सहभागी छात्रा अधिक
चैत १५, २०८० बिहिबार
एसईईको पहिलो दिन अंग्रेजी विषयको परीक्षा सम्पन्न
चैत १५, २०८० बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार