‘नेपाल होटल अवार्ड–२०२२’ आयोजना गरिने
नेपालबहस संवाददाता
मंसिर १६, २०७९ शुक्रबार २३:२२:१३
१६ मंसिर, काठमाडौं । सेवा क्षेत्रको प्रोत्साहन एवं गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले ‘नेपाल होटल अवार्ड–२०२२’ आयोजना गरिने भएको छ ।आज आयोजित पत्रकार सम्मेलनमा रेण्डर बुकिङ डटकमले आगामी पुस ४ गते अवार्ड समारोह आयोजना गरिने जानकारी दिएको छ ।
कोभिड–१९ महामारीबाट बढी प्रभावित बनेको पर्यटन क्षेत्रको मनोबल उकास्न र यस क्षेत्रको प्रवद्र्धनका लागि अवार्ड समारोह आयोजना गर्न लागिएको आयोजक रेण्डर डटकमका प्रमुख कार्यकारी अधिकृत नवराज धितालले जानकारी दिए । उनले समारोहले नेपालको सेवा क्षेत्रको प्रोत्साहन, गुणस्तर अभिवृद्धि तथा सेवा प्रवद्र्धनका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपालमै पहिलो पटक खुल्ला नोमिनेसन तथा गोप्य र आधुनिक मूल्याङ्कन प्रक्रियाबाट १५ भन्दा बढी विधा रहने गरी अवार्ड समारोह आयोजना गर्न लागिएको छ । चलचित्र कलाकार राजेश हमालको प्रमुख आतिथ्यतामा हुने उक्त समारोहमा देशभरबाट विभिन्न स्तरका एक सयभन्दा बढी होटलले प्रतिस्पर्धा गर्नेछन् । प्रिमियम, डिलक्स र सुपर डिलक्स होटलले नोमिनेसनमा सहभागी हुन सक्नेछन् ।
कुनै पनि नेपाली संस्थाले नेपाली होटल तथा रिसोर्टहरूलाई खुला नोमिनेसन र उच्च मूल्याङ्कन प्रविधिद्वारा गर्न लागेको यो नै पहिलो पटक भएको आयोजकको दावी छ । उक्त अवार्डको निष्पक्षतालाई ध्यानमा राखी निर्णायक मण्डल तथा मूल्याङ्कन समितिको नाम पनि गोग्य राखिएको छ ।
पत्रकार सम्मेलनमा अतिथिका रूपमा सहभागी कलाकार हमालले सेवा क्षेत्र नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण आधार रहेको भन्दै चलायमान बन्दै गरेको मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि अवार्डले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले होटलको सेवा गुणस्तर अभिवृद्धि र सेवा प्रवद्र्धनका लागि पनि सान्दर्भिक हुने उल्लेख गरे । “‘हस्पिटालिटी’ बिजनेस विस्तारै जुर्मुराउँदैछ, यस किसिमको अवार्डले व्यवसायी र सेवाग्राहीलाई पनि सहयोग पुग्छ, कुन होटलको कस्तो सेवा छ भनेर छनोटका लागि पनि सहज हुन्छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
लोकरिझ्याईं राजनीतिको ‘महाजात्रा’मा हरिवंश आचार्य
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार
ग्राहकको प्रतीक्षामा बसेका उद्यमी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
बौद्ध तेमाल जात्राको तयारी पूरा
बैशाख ६, २०८१ बिहिबार
कालिका कप राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई
बैशाख ६, २०८१ बिहिबार
गरिब देशमा नेस्लेले चिनीको मात्रा बढी भएका सेरेलक र मिल्क पाउडर बेचिरहेको दाबी
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार