पोखरामा विद्यालयस्तरीय भलिबल प्रतियोगिता हुने
नेपालबहस संवाददाता
माघ १७, २०७९ मंगलबार २२:४८:४०
१७ माघ, कास्की । भलिबल खेलको विकास, विस्तार र खेलाडी उत्पादनको लक्ष्यसहित गण्डकी प्रदेशको राजधानी सहर पोखरामा सामुदायिक ‘सरकारी’ विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सिर्जना विकास केन्द्र पोखरा र कास्की जिल्ला भलिबल सङ्घको संयुक्त आयोजनामा आगामी फागुन १६ देखि १९ गतेसम्म पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालनको तयारी गरिएको हो ।
नेपालको राष्ट्रिय खेल भलिबललाई थप लोकप्रिय बनाउन र विद्यालयबाट खेलको जग बलियो बनाइ जिल्ला, प्रदेश तथा राष्ट्रिय अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले पाँचौँ संस्करणको ‘सिर्जना कप सामुदायिक विद्यालय छात्रछात्रा भलिबल’ प्रतियोगिता गर्न लागिएको केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुदको मूल नारालाई आत्मसाथ गरी स्कुल स्कुलमा भलिबल खेल पु¥याउने लक्ष्यसहित प्रतियोगितालाई निरन्तरता दिइएको हो । उनले भने,“खेलकुदमा पछि परेको सामुदायिक विद्यालयमा प्रतियोगिताले भलिबल खेलको विस्तार र खेलाडी उत्पादनमा मद्दत पुग्नेछ । गाउँ–गाउँबाट नवप्रतिभाले आफ्नो खेल कौशल प्रस्तुत गर्ने अवसर पाउनेछन् ।”
प्रतियोगिताले कुना कन्दरामा लुकेर रहेका प्रतिभाले आफ्नो प्रतिभा उजागर गर्न पाउने र त्यसबाट राम्रा खेलाडी उत्पादन हुने विश्वास आयोजकको छ । कास्कीका सामुदायिक विद्यालयमा कक्षा १२ सम्मका विद्यार्थीले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कुल ५० विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्ने विश्वास आयोजकको छ ।
प्रतियोगिताको उपाधि विजेता छात्रछात्रा दुवै तर्फकालाई रु एक÷एक लाख, उपविजेतालाई रु ६०÷६० हजार र तृतीय हुने विद्यालयलाई ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक मीनप्रसाद भट्टराईले जानकारी दिए ।
यसैगरी सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई रु पाँच÷पाँच हजार र अन्य छ विधाका उत्कृष्ट खेलाडीसमेतलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालन गर्न रु ११ लाख खर्च लाग्ने र रु १२ लाख ५० हजार आम्दानी गरी बचत रकम भलिबल खेलको विकासमा खर्च गरिने बताइएको छ । कोष खडा गरी जम्मा भएको रकम खेल विकासमा लगाउने योजना रहेको प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते दशैँमा राष्ट्रियस्तरको कालिका कप भलिबल हुने
चैत १५, २०८० बिहिबार
पुरुष एनभिए भलिबल च्याम्पियनसिपमा तेस्रो भयो पुलिस क्लब
चैत १०, २०८० शनिबार
आजदेखि आठौं एनभीए महिला-पुरुष भलिबल च्याम्पियनसिप
चैत ३, २०८० शनिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार