लागुऔषधको कारोबारमा युवतीको प्रयोग बढ्दै
नेपालबहस संवाददाता
फागुन २७, २०७९ आइतबार २:५:२४
चन्द्रकला भण्डारी
२७ फागुन, झापा । इलामको चुलाचुली गाउँपालिका–१ की ३४ वर्षीया मञ्जु चापागाईँलाई शुक्रबार भारतबाट स्कुटर चढेर नेपाल आउँदै गर्दा भद्रपुरको मेची पुलमा प्रहरीले जाँच ग¥यो । उनले चलाएको स्कुटरबाट १६ ग्राम आठ सय मिलीग्राम खैरो रङको लिसाइलो पदार्थ बरामद भयो ।
बरामद भएको लिसाइलो पदार्थ लागुऔषध ब्राउन सुगर थियो । युवतीले सामान्य अवस्थामा हाँकिरहेको स्कुटरको जाँचमा यति धेरै प्रतिबन्धित लागुऔषध फेला पर्ला भन्ने प्रहरीले सोचेकै थिएन ।
झापा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार लागुऔषधको कारोबारमा अचेल युवतीको प्रयोग बढिरहेको हुँदा नाकामा प्रहरी चनाखो भएको छ । चुलाचुलीकी मञ्जुले चलाएको प्रदेश१–०१–०१३ प १९७३ नम्बरको स्कुटीसँगै उहाँको साथबाट रु पाँच हजार ७५ र एक थान रेडमी मोबाइल बरामद गरिएको सूचना अधिकारी रिजालले जानकारी दिए ।
भारतको सीमावर्ती पश्चिम बङ्गालस्थित पानीटङ्की र बिहारको गलगलियाबाट ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध लुकीछिपी नेपाल भित्रिने गरेको प्रहरीको आसङ्का छ । प्रहरीको निगरानी छल्न कारोबारीले युवतीको प्रयोग गर्न थालेपछि प्रहरीले सीमामा कडाइका साथ जाँच गरिरहेको रिजालले बताए।
यही एक साताभित्र लागुऔषधका कारोबारमा संलग्न ११ जनालाई झापाको प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारबाही अघि बढाएको छ । स्कुटी चालकदेखि लजमा बसेकासम्म युवतीको साथबाट प्रहरीले लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।
प्रहरीले सात घटनामा पक्राउ गरेका ११ जनाबाटै ब्राउन सुगर बरामद भएको प्रहरीको भनाइ छ । पक्राउ परेका व्यक्तिको औसत उमेर २० वर्ष रहेको छ । यसबाट झापामा ब्राउन सुगरको कारोबार र खपत ज्यादा हुने गरेको देखिएको छ ।
फागुन २० गते विर्तामोड वडा नं २ का विश्वास सङ्ग्रौलाको डेरामा शङ्का लागि जाँच गर्दा बिर्तामोड–४ का विश्वास मण्डल र अनिशा मण्डल फेला परेका थिए । इलाका प्रहरी कार्यालय अनारमनीबाट दिइएको जानकारीअनुसार उनीहरूको साथबाट प्रहरी टोलीले आठ ग्राम खैरो धुलोजस्तो देखिने ब्राउन सुगर, रु ११ हजार छ सय नगद, दुई थान मोबाइल र डिजिटल तराजु बरामद गरेको छ ।
यस घटनामा बिर्तामोड–४ की २० वर्षीया युवती अनिशा मण्डललाई लागुऔषधका कारोबारीले प्रयोग गरेको देखिएको छ । प्रहरीले युवतीसहित तीनै जनालाई अनुसन्धानका लागि पक्राउ गरी कानुनी कारबाही अघि बढाएको छ ।
यसैगरी अर्जुनधारा नगरपालिका वडा नं ११ स्थित बिर्तामोडको नयाँ बसपार्कमा रहेको पशुपतिनगर होटल एण्ड लजमा बस्दै आएकी मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ४ की १९ वर्षीया तिलु राईलाई शिवसताक्षी वडा नं १२ का २० वर्षीय मनिष बरालसँगै पक्राउ ग¥यो ।
उहाँहरूको साथबाट खैरो पदार्थजस्तो देखिने ब्राउन सुगर अढाइ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ । होटलमा बसेर लागुऔषधको कारोबारमा संलग्न भएको आशङ्कामा प्रहरीले उहाँहरू बसेको कोठामा छापा मारेको थियो ।
फागुन २४ गते झापा गाउँपालिकाको सीमावर्ती लसुनाबाट सोही पालिका वडा नं ५ का २२ वर्षीय देवेन्द्र चौधरी, फागुन २१ गते काँकरभिट्टाको मेची पुलबाट इलाम–१२ का सुजनबाला राई र बिर्तामोड–१ का २१ वर्षीय विशाल धिमाल, फागुन २० गते नै काँकरभिट्टाको मेची पुलबाट बिर्तामोड–१ का २१ वर्षीय विशाल धिमाल र फागुन १९ गते भद्रपुरस्थित मेची पुल नजिकबाट शिवसताक्षी–९ का २८ वर्षीय मोहन शेर्पा ब्राउन सुगरसहित पक्राउ परेका छन् ।
झापा कारागारका आधाजसो कैदीबन्दी लागुऔषध अभियोगमा थुना परेकाहरू छन् । सहर र बजारतिर मात्र होइन, लागुऔषधको सेवनकर्ता र कारोबारी ग्रामीण क्षेत्रमा छ्याप्ती–छ्याप्ती देखिन थालेका छन् । अधिवक्ता डिगबहादुर बुढाथोकी प्रहरी र अदालतले प्रयोगको मात्रालाई मात्र आधार मानेर सजाय दिने नीति अवलम्बन गर्दा कारागारमा समेत लागुऔषधका कैदीबन्दीको सङ्ख्या बढेको बताउछन ।
लागुऔषध नियन्त्रण ऐन, २०३३ मा सेवनकर्ताको सुधारका लागि चिकित्सकको सल्लाहमा थोरै मात्रामा लागुऔषध लिन पाउने व्यवस्था भएता पनि यसको कार्यान्वयनमा ध्यान नगएको उनको भनाइ छ । बढी सङ्ख्यामा थुनामा पु¥याउने नीति लिनुभन्दा सुधारात्मक गतिविधि बढाउन आवश्यक भएको अधिवक्ता बुढाथोकी बताउछन । लागुऔषधको सेवन गर्दा अधिकतम् एक वर्षसम्म र कारोबार गरेमा आजीवन काराबाससम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको उनले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहाजिरी जमानतमा रिहा भए कृष्णबहादुर महरा
चैत ९, २०८० शुक्रबार
नन्दकिशोरका दुई पुत्रको सुन र सहकारीमा कसुर नै कसुर
चैत ९, २०८० शुक्रबार
सीआईबीले लिएको दुइदिने बयानमा महराद्वारा आरोप अस्वीकार
चैत ८, २०८० बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार