लघुवित्तको निष्क्रिय कर्जा ८३ प्रतिशतले बढ्यो
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १४:२८:४३
३० फागुन, काठमाडौं । पछिल्लो समय लघुवित्त कम्पनीको निष्क्रिय कर्जा बढ्दै गएको देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक अवधिको ‘लघुवित्त वित्तीय संस्थाको गैर–स्थलगत सुपरिवेक्षण प्रतिवेदन’अनुसार निष्क्रिय कर्जा पछिल्लो छ महिना अवधिमा करिब ८३ प्रतिशतसम्म बढेको देखिएको हो ।
“पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जाको अनुपातमा वृद्धि भएको छ । त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा रकममा उल्लेखनीय वृद्वि भएको छ”, प्रतिवेदनमा भनिएको छ ।
हाल सञ्चालनमा रहेका ६४ वटा लघुवित्त वित्तीय संस्थामध्ये चार वटा थोक कर्जा प्रदायक र ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्था रहेका छन् । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा रकम गत असारको तुलनामा तीन दशमलव १७ प्रतिशतले बढेर पुस मसान्तसम्म रु ५९ अर्ब ७८ करोड पुगेको छ । त्यस्तै, खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कूल कर्जा तथा सापट रकम पुस मसान्तमा रु तीन खर्ब ९१ अर्ब ४४ करोड रहेको छ ।
पुस मसान्तसम्ममा थोक कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा रु ५२ करोड र खुद्रा कर्जा प्रदायक लघुवित्तको निष्क्रिय कर्जा रु १८ अर्ब ३४ करोड रहेको राष्ट्र बैंकले जनाएको छ । अर्थात् कुल प्रवाहित कर्जामध्ये थोक कर्जा प्रदायकको निष्क्रिय कर्जा शून्य दशमलव ८७ प्रतिशत र खुद्रा कर्जा प्रदायकको निष्क्रिय कर्जा चार दशमलव ६८ प्रतिशत रहेको छ ।
गत असार मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक संस्थाको कूल कर्जामा निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ५६ प्रतिशत थियो । अर्थात् पछिल्लो छ महिनामा निष्क्रिय कर्जा ८२ दशमलव ६२ प्रतिशतले बढेको छ ।
गत पुस मसान्तसम्ममा लघुवित्त वित्तीय संस्थाको सदस्य सङ्ख्या ५९ लाख ८८ हजार र ऋणी सङ्ख्या ३२ लाख ६० हजार रहेको छ । गत असार मसान्तको तुलनामा लघुवित्तका ऋणी एक दशमलव ३० प्रतिशतले घटेको पनि राष्ट्र बैंकले जनाएको छ ।
लघुवित्त वित्तीय संस्थाले आफ्नो जोखिमभारित सम्पत्तिको अनुपातमा न्यूनतम प्राथमिक पुँजी चार प्रतिशत र पुँजीकोष आठ प्रतिशत कायम गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ । गतपुस मसान्तसम्म समग्रमा लघुवित्त वित्तीय संस्थाको जोखिमभारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी र पुँजीकोष क्रमशः १२ दशमलव २३ प्रतिशत र १३ दशमलव ४५ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको छ महिना अवधिमा लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी दुई दशमलव २३ प्रतिशतले र जोखिमभारित सम्पत्ति एक दशमलव शून्य सात प्रतिशतले बढेको पनि राष्ट्र बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअमेरिकी डलरको भाउ बढ्यो, कुन मुद्रा कतिमा हुँदै छ कारोबार ?
बैशाख २, २०८१ आइतबार
आर्थिक समस्याले थलिएको नेपाल शेयर मार्केट्सको संयोजकमा अधिकारी चयन
चैत २८, २०८० बुधबार
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक
चैत २८, २०८० बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार