अमेरिकन जिन्दगीको एउटा करुणामय पाटो,,,,,
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार १९:५१:५९
♦सानुबाबु सिलवाल
२० चैत, काठमाडौं । जीवन सोचे जस्तो कसैको हुँदैन…जे छ, जस्तो छ, त्यसैमा रमाउन सिक्नुपर्छ । यो भनाई हामीले आफन्त साथीभाई लगायतको मुखबाट सुन्दै आएको कुरा हो । तर कहिले काँही के भनिदिन्छ भने । अपसोच..तपाई यात्रामा हुँदा होस् ..कतै बसिरहेका बेला होस् .. हामीले कुनै दृश्य अवश्य पनि आफ्नै आँखा अगाडि निकाली रहेका हुन्छौ तर ती दृश्य कति प्रिय लाग्छन् भने कति पीडा भएर मनमा गडेका हुन्छन् । अमेरिकी सडक-पेटीमा (नो मनि, नो जब, नो होप ) भनेर माग्न बसेकी एक युवतीको पनि यस्तै कारुणामय कथालाई पत्रकार सानुबाबु सिलवालले प्रस्तुत गरेका छन् । ती यूवतीसँगको केही वार्तापछि उनीलाई २० डलर हातमा राखिदिएर आफ्नो बासस्थान फर्केका सिलवालले यो कारुणिक दर्दलाई शब्दमा उतारेका छन् ।
उनी अहिले सडकमा छिन्। जाने ठाँउ उनको कही कतै छैन। आफ्नो भन्ने पनि कोही छैन। जन्मदै पिता को थिए ? आमाले कहिल्यै रहस्य पटक्कै खोल्दै खोलिनन् । दुई दाजुभाईका पिता पनि फरक फरक थिए । मसहित हामी ३ छुट्टाछुट्टै बाउका एउटै आमाका ३ सन्तान थियौ। आमा ड्रगमा थिइन। आमा कहिले को सँग ? कहिले कोसँग ? गर्दागर्दै स्कुल न पुरा हुन पायो न त कलेज नै।
साथ सङ्गत गतिलो त थिएन नै, आर्थिक अभावका कारण न बास थियो, न त पेनि र डायम नै। न गाडी, न त आङ्ग ढाक्ने मनग्गे कपडा नै। साथीभाईहरु थिए सबै स्मोकी अर्थात धुम्रपान र लागु औषधको कुनै न कुनै लतमा । जसले एक बट्टा चुरोट र एक बोतल सोडा किनी दिन्थ्यो उही त्यही दिनको ब्याइफ्रेन्ड। यतिबेलासम्म मेरा कति ब्याइफ्रेन्ड, बेष्ट फ्रेन्ड, कति एक्स ब्याइफ्रेन्ड भए मलाई नै थाहा छैन। मैले गणना नै गर्न सक्दिन। तर अब न त मेरा कुनै साथी बाँकी थिए, न त मेरा दाजुभाई वा आमा। कता छन, के गर्दैछन अत्तोपत्तो छैन।
उनीहरुसँग अन्तिम कुरा गरेको पनि एकाध बर्ष भैसकेछ। जिन्दगी यतिसम्म लतारियो कि अब फ्रस्टेसनले मेरा अघि २ बिकल्प थिए। डु अर डाई। यति गर्दागर्दै जिन्दगी २० बर्ष भैसक्दा एकरात सपनामा जिससको दर्शन पाएँ। यो मेरो जिन्दगीको नयाँ आयाम थप्ने सपना थियो। हार्ड वर्किङ्गका लागि जिससको आदेशपछि काम खोज्न थाले, भोलिपल्ट बिहानैदेखि। भनेजस्तै भयो, नजिकैको केमिकल सामान उत्पादन गर्ने कम्पनीमा काम मिल्यो। काम यसरी गर्न थाले कि हप्ताको ६ दिन दैनिकी १२-१२ घन्टा काम गर्न थाले। लागुऔषधलाई बिदा गरे तर चुरोटको तलतलका लागि दिनमा एक बट्टा मेरो लत थियो। त्यतिबेला एकजना आन्टको बाहिरी काउचमा सुत्थे। काममा वाक गर्थे। यो केही हप्ताको नियमित सँगै बैंक खाता खोले। अब मेरो प्राथमिकता भनेको आफ्नै बास खोज्नु थियो। नजिकैको ट्रेलर पार्क फेला पारे। ५०० डलर मासिक र बत्ति पानीको गर्दा अर्को २०० डलर भन्दा ७०० डलरले मेरो मासिक बसाई धान्थ्यो। ड्राइभर लाइसेन्स थिएन। लर्नर परमिटको जाच दिए नजिकैको डीएमभी कार्यालयमा गै। ड्राइभिङ्ग क्लासपछि ड्राइभर लाइसेन्स रोड टेष्ट पास भए लगत्तै ड्राइभिङ्ग लाइसेन्स हाता पर्यो। डाउन पेमेन्टपछि युज्ड सेकेन्ड ह्यान्ड गाडी किने। अब मेरो बास पनि भयो, काम, जागिर नजिकै, ड्राइभिङ्ग र हातमा डेबिट कार्ड पनि। यो लगभग मेजोरिटी अमेरिकनहरुको ड्रिम थियो यस प्राप्तिमा। जुन मसँग त्यो प्राप्त भयो।
एकदिन दुई दिन गर्दागर्दै एकपछि अर्को गरि मेरा पुर्व ब्याइफ्रेन्डहरुले मैले जिईरहेको काइदाको जिन्दगी थाहा पाएछन् । एक कान दुई कान गरि। भेट्न काममै आउन थाले। बसाईमा आउन थाले। मेरो कमाई, बास, ड्राइभिङ्ग र मसँग भएको बचत उनीहरुको आँखाको तारो बन्न थाल्यो र मायाको बर्षा फ्याक्न थाले। बेबी आई लभ यु । बेबी आई मिस यु। बेबी आई डण्ट नो ह्वाट आई एम गोइङ्ग टु डु विथआउट यु जस्ता मायाका शब्दहरु मात्रै होइनन् शरीरका सबै अङ्ग चुम्न पालैपालो ओइरिन थाले। बिगतमा माया गरेका मानिस नकार्न पनि सकिन। नाइ पनि भन्न सकिन। रातमा आउथे। बियर, वाइन र स्मोकको दैनिकी त छदैथियो। एकदिन बिहानै बाथरुममा थ्रोइङ्ग अर्थात भोमिट गरे यसको संकेत थियो मैले कसैको बेबी बच्चा नासो बोकीसकेछु। यसले मेरो दैनिकी, काममा ह्याम्पर पर्न थाल्यो। काम छुट्न थाल्यो। तनाखा, पे, चेक पातलिन थाल्यो।
आज भन्यो भोलि भन्यो पेटमा बेबी हुर्कदै थियो। बच्चा भयो एकदिन। खुशी त थिए तर जिन्दगीमा पुर्णबिराम लाग्दै गरेको मैले पत्तो नै पाइन। कामबाट निकालियो मलाई। अब मेरो आम्दानीको स्रोत केही भएन। अमेरिकन सरकारको फुडस्ट्याम्प, विक भौचरले दैनिकी टरेपनि अब म सँग सुक्का मोहोर बाँकी थिएन । बैंक खातामा र डेबिट कार्डको अर्थै भएन, बैंक खाता नै रित्तिएपछि।
बेबीको बाउ कुन हो भन्ने मलाई थाहा छैन तर बच्चाको अनुहार हेर्दा गेस गर्न सक्छु तर त्यो डीएनए प्रसेसमा जानै मन लागेन। मैले तिर्नु पर्ने भाडा मसँग थिएन। कमाई र बसाईमा पुर्ब ब्याइफ्रेन्ड, साथीहरुको कारण ड्रगमा मेरो लत बसिसकेछ फेरि । ड्रगबिना जिउन मुश्किल भैसकेको थियो र किन्ने रकम पनि थिएन तर पुरुष साथीहरु आउने जाने गर्दा र रात बिताउँदा उनीहरुले नै ड्रग बोकेर ल्याउथे र मेरो ज्यान माथि रातभर खेलेर बिहान हिड्थे। एकदिन बसाईमा प्रहरी आयो । बसेको बासमा ड्रग फेला पारे। सायद छिमेकीले उजुरी गरिदिएको हुनुपर्छ वा मेरो ल्याण्ड लर्डबाटै। मेरा हातमा हत्कडि लागिसकेको थियो र त्यसैबेला सोसियल सर्भिसले बेबी पनि बोकेर गए। ५ हजार डलर धरौटी मागिएकोमा मसँग त्यो बोन्ड धरौटी राखिदिने पनि कोही थिएनन, न त ब्याइफ्रेन्ड वा न त पुर्ब ब्याइफ्रेन्ड ! ती सबै गायब भैसकेका थिए।
बोण्ड कम्पनीहरुको पनि सापटी लिन चाहिन मैले र ४ महिनाको जेल सजायपछि बसेको बासमा आइपुग्दा न मेरा लुगाफाटा वा सामान थिए न त गाडी नै। पेमेन्ट बाँकी रहेकाले गाडी रिपो भैसकेको रहेछ। मलाई फेलोनको कन्भिक्सन गरिएकाले अब मेरो जिन्दगी खराब हुने दिन शुरु भए। अब न बास, न गाडी, न काम, न खानेकुरा र न त काम नै। केही दिन केटा साथीहरुले खुवाए र बास दिए तर त्यसबापत म उनीहरुसँग सहबासका लागि तयार भैदिनु पर्थ्यो।
एक रात खै के दिए मेरा साथीहरुले मेरो होसै गायब भएछ र ब्युझिदाँ अस्पतालमा रहेछु। अस्पतालबाट निस्कदाँ कहाँ जाने, कता जाने ? जाने ठाँउ कतै थिएनन र मेरो सम्पतिका नाममा एउटा सेल फोन छ तर प्रिपेड भएकाले मिनेट पनि सकिसकेको रहेछ। बेबी कहाँ छ? कुन फोस्टरसँग छ थाहा छैन र मसँग अब सोसियल सर्भिसमा गै बेबीको बारेमा बुझ्ने र जान्ने आँट पनि भएन।
मानसिक रुपमा बिक्षिप्त भएँ। मेरो दिमागले पनि राम्रोसँग सोच्न सक्दिन र जे बाँकी छ मेरा ४ बिकल्प थिए। मागेर खाने वा चोर्न जाने वा जेल जाने वा मर्ने। न बास छ, कपडाको नाममा एकसरो लगाएका लुगा छन र अब मसँग केही छैन। म अहिले बाच्नकै लागि मागिरहेको छु सडकमा। जसले मलाई स्यान्डविच किन्न प्रर्याप्त हुन्छ र बस्नका लागि उड झाडीतिर वा कुनै सार्बजनिक वा ओपन बिल्डिङ्गमा ओत लागेर रात बिताउनु पर्छ। मैले सुद्दि नपुर्यादा र गलत सङ्गतले मलाई फेरि सडकमा ल्याइदिएको छ। म सङ्ग शरीर थियो, मसङ्ग डलर थियो, मसङ्ग बास थियो, मसङ्ग गाडी थियो र मसङ्ग नियमित कमाई तनाखा आउने काम थियो र मससङ्ग साथीहरु पनि थिए। आज मसङ्ग केही छैन र मसङ्ग आज कोही पनि छैनन्। जो थिए कहाँ छन थाहा छैन र तिनले मलाई फर्केर सहयोग गर्दैनन पनि।
नो मनि नो जब नो होप….सडकमा बसेर मागिरहेकी एक अमेरिकन महिला मिसेल सँगकाे कुराकानीका आधारमा तयार पारिएको (अमेरिकन जिन्दगीको एउटा करुणामय पाटो ) त्यति सुनिसकेपछि २० डलर हातमा राखिदिएर हिडे म आफ्नै बाटो……
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमधुमेह बिरामीहरुको लागी स्वस्थ खाजा कसरी बनाउने ?
बैशाख ११, २०८१ मंगलबार
सावधान ! प्लाष्टिकको प्रयोगले हुन्छ यस्तो डरलाग्दो असर !
बैशाख ११, २०८१ मंगलबार
गर्मीमा छिटै तौल घटाउन चाहनुहुन्छ ? दैनिक खाली पेटमा सौंफको पानी पिउनुहोस्
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार