सुविधाभोगी हाकिम बनेर अहंकार नदेखाउनूः गृहमन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार २२:२७:१६
२० चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीका अधिकारीहरुलाई सुविधायुक्त पदमा बसेर शासकीय अहंकार नदेखाउन निर्देशन दिएका छन् । उनले प्रहरीमा हाकिम बनेर अहंकार देखाउने प्रबृति रहेको भन्दै यसको अन्त्य गरेर नेपाल प्रहरी संगठनलाई गौरव र विश्वासिलो संगठनका रूपमा स्थापित गराउनु पर्ने बताएका छन् ।
उनले गैरकानुनी कृयाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने भन्दै नेपाली जनताले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनु पर्ने बताए । ‘हाम्रो पद भनेको जिम्मेवारी हो । हामी हाकिम बन्ने होइन,’ श्रेष्ठले भने, ‘गरिब असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छ । उनीहरूका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ । वास्ताविक जनताका मुद्दाहरू प्रहरीले सुनिदिनुपर्छ ।’
सोमबार प्रहरी प्रधान कार्यालयको अनुगमनका क्रममा उनले शासकीय अहंकार देखाउने, शासकीय अहंकारसहित तथाकथित पदलाई स्थापित गराउने र लाभ र सुविधाकेन्द्रीत बनाउने काम प्रहरी अधिकारीहरुले बन्द गर्नुपर्ने बताए । जनतालाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्नेमा उपप्रधामन्त्री श्रेष्ठले जोड दिदै प्रहरी संगठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन जनतासामू पुग्ने बताए । प्रहरी संगठनको कामबाट नै जनताले सरकार भएको महसुस दावी गरे ।
राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवासुविधा दिन राज्यका निकायहरू क्रियाशील हुनुपर्नेमा उपप्रधानमन्त्री श्रेष्ठको जोड छ । राजनीतिक परिवर्तन र नयाँ प्रकारको लोकतन्त्रको मर्मअनुसार जनतालाई सेवासुविधा दिन राज्यका निकायहरू क्रियाशील हुनुपर्ने उनले बताए । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरीको वृत्तिविकासमा प्रभावकारी कदम चालिनेमा आफू आशावादी रहेको बताए । उनले संगठनको सुद्धीकरण र सुदृढीकरणका लागि आन्तरिक सुदृढीकरण आवश्यक रहेको बताएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
चैत १, २०८० बिहिबार
सेना दिवस र महाशिवरात्रिको बढाइँमा राष्ट्रपति सरिक
फागुन २५, २०८० शुक्रबार
सैनिक मञ्च टुंडिखेलमा सेनाले मनायो वार्षिकउत्सव
फागुन २५, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार