दोर्दीको दाम्राङमा ऐतिहासिक दाम्राङ मेला २०८० सुरु
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार १३:३:५७
३ चैत, लमजुङ । दोर्दी गाउँपालिकाको ऐतिहासिक पर्यटकीयस्थल दाम्राङमा दाम्राङ मेला २०८० सुरु भएको छ । नयाँ वर्षको अवसरमा यहाँ मेलाको आयोजना गरिएको हो ।
दोर्दी गाँउपालिका ४ मा रहेको उक्त ठाउँमा वडा नं। ५ को फोर्जुङस्थित कैलाश युवा क्लवले मेलाको आयोजना गरेको हो । मेलाको बैशाख १ गते दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले पर्यटनबाट आर्थिक समृद्धि गर्न सकिने र खेलका माध्ययमबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताए । उनले युवाको जोश र जाँगरलाई पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्न आग्रह गरे ।
उपाध्यक्ष विच्छबहादुर घलेले युवामा नयाँ जोस र जाँगर हुने र यसलाई सदुपयोग गर्न आग्रह गरे । गाउँपालिकाले युवालाई खेलकुदलगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए ।
मेला अन्तर्गत बैशाख १ गतेदेखि खुला पुरुष तथा महिला फुटवल प्रतियोगिता सुरु भएको आयोजक कैलाश युवा क्लवका अध्यक्ष भीमसेन गुरुङले बताए । उनका अनुसार प्रतियोगितामा प्रथम हुने टीमले १ लाख १० हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र पाउनेछन् । द्वितीय हुनेले ६० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेलाडी र सार्वधिक गोलकर्तालाई ३र३ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए ।
महिला फुटवलतर्फ प्रथम हुनेलाई २० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र दिइनेछ । द्धितीय हुनेलाई १० हजार रुपैयाँ, मेडल र प्रमाणपत्र दिइने भएको छ । क्लवका सचिव गौचन गुरुङका अनुसार मेलाको अवसरमा बैशाख ३ र ४ गते राष्ट्रिय तथा स्थानीय कलाकारको साँस्कृतिक प्रस्तुति रहनेछ ।
माया गुरुङ, मञ्जु विक, प्रशान्त तामाङ, संगीता गुरुङ, अस्मिता गुरुङ, ज्ञानेन्द्र गुरुङलगायत कलाकारको प्रस्तुति रहने र केही कलाकारले उद्घाटनकै दिनमा आफ्नो प्रस्तुति दिएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर
चैत १४, २०८० बुधबार
शुक्लाफाँटा पर्यटन महोत्सव हुने
चैत ५, २०८० सोमबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार