स्थापना दिवसको अवसरमा पाल्पाली संगमले काठमाडौंमा महोत्सव गर्ने
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १५:५०:१४
५ वैशाख, काठमाडौं । पाल्पाली संगमले स्थापना दिवसको अवसरमा काठमाडौंमा पाल्पा महोत्सव २०८० आयोजना गर्ने भएको छ । विभिन्न जिल्लाबाट काठमाडौं आई बसोवास गर्दै आएकाहरुको संभवतः सबैभन्दा पुरानो संस्था पाल्पाली संगमले यही बैशाख ९ गते शनिबार काठमाडौं स्थित राष्ट्रियसभा गृहमा बिहान १० बजेदेखि सुरु हुनेगरी एक दिने महोत्सव आयोजना गरिएको संगमका अध्यक्ष विष्णु बहादुर खत्रीले जानकारी दिए ।
अनौपचारिक रुपमा विक्रम सम्बत् २०३२ सालदेखि नै विभिन्न गतिविधि गर्दै आईरहेको संगम बहुदल आएपछि २०४८ साल बैशाख ५ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पाल्पाली दर्ता भएको हो । त्यसैले हरेक बर्षको बैशाख ५ लाई संगमले आफ्नो स्थापना दिवसको रुपमा मनाउने गरेको छ ।
स्थापना दिवसको अवसरमा शुभकामना वक्तव्य प्रकाशित गर्दै संगमका महासचिव जीवन भण्डारीले आफ्नो गृह जिल्लाप्रतिको उत्तरदायित्ववोध, लगाव र योगदान गर्न स्थापना दिवसले सबैलाई थप प्रेरणा र दृढता बढाओस् भन्ने कामना गरेका छन् ।
उनले संगमका संस्थापकहरु, स्थापनामा योगदान गरेका अग्रजहरु, पूर्व पदाधिकारी तथा सदस्यज्युहरु, संगमका विभिन्न कालखण्डका सहयोगी तथा शुभचिन्तकहरु, आजिवन सदस्यहरुप्रति वर्तमान कार्यसमितिका सबै सहयात्रीहरुको तर्फबाट आभार पनि व्यक्त गरेका छन् । संगम अहिले काठमाडौमा मात्रै सिमित नरही संगमको प्रेरणाले विभिन्न जिल्ला तथा देशहरुमा पनि पाल्पालीहरु संगठित भएको वक्तव्यमा उल्लेख छ ।
संगमले स्थापनाकालदेखि जिल्लाको विकास निर्माणमा अवधारणागत, नीतिगत, आर्थिक तथा भौतिक योगदान गर्दै आएको छ भने देश विदेशमा रहेका पाल्पालीहरुलाई पनि अपनत्व, अविभावकत्व, भावनात्मक र आर्थिक तथा भौतिक सहयोग गर्दै आएको महासचिव भण्डारीले जानकारी दिए । उनका अनुसार संगमले विभिन्न अक्षयकोष मार्फत हरेक बर्ष प्रोत्साहन तथा राहत पनि दिने गरेको छ ।
पाल्पाको छवि निर्माण र प्रबद्र्धनका लागि विभिन्न गतिविधि गर्ने सिलसिलामा काठमाडौंमा महोत्सव आयोजना गरिएको उनको भनाई छ । महोत्सवमा पाल्पाको स्थानीय कला संस्कृति झल्काउने कौरा तथा सोरठी नाच, खेली तथा चुट्कासँगै पाल्पाली कलाकारहरुको प्रस्तुती, रक्तदान, निःशुल्क स्वास्थ्य परिक्षण तथा औषधि वितरण, चुकाउनी, बटुकलगायतका पाल्पाली परिकार, ढाका तथा करुवा लगायतका पाल्पाली घरेलु उत्पादन, पाल्पासम्वन्धी फोटो, भिडियो र पुस्तक प्रदर्शन तथा विक्रि वितरण गरिने महासचिव जीवन भण्डारीले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहेमजामा सञ्चालन भएको आलु महोत्सव सकियो
बैशाख ६, २०८१ बिहिबार
नयाँ वर्षको पूर्वसन्ध्यामा ठमेलमा ‘सडक महोत्सव’ हुने
चैत २८, २०८० बुधबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने
बैशाख ११, २०८१ मंगलबार
रौतहटको करुनियामा आगलागीबाट ७ घर जलेर नष्ट, लाखौंको क्षति
बैशाख ११, २०८१ मंगलबार
निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द
बैशाख ११, २०८१ मंगलबार
सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार