शेयरबजार ३ अंकले घट्यो, ८७ करोडभन्दा बढीको कारोबार
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १५:५८:१४
५ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि शेयरबजार घटेको छ । सोमबार नेप्से परिसूचक ३ अंकले ओरालो लागेको हो । योसँगै सुूचक १९०४ को बिन्दुमा आएर अडिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचकमा भने झिनो सुधार देखिएको छ । उक्त सूचकमा ०.१७ अङ्कले बढेर ३६३ विन्दुमा पुगेको छ।
यसअघि सोमबारको कारोबारमा भने नेप्से परिसूचक २३.६४ अंकले ओरालो लागि १९०८ विन्दुमा अडिएको थियो । सोहि दिन ९२ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार कूल २६६ कम्पनीको २९ लाख ७५ हजार ९२० कित्ता शेयर खरिद बिक्री हुँदा ८७ करोड भन्दाबढी रुपैयाँको कारोबार शेयर कारोबार भएको छ। तसर्थ अघिल्लो दिनको तुलनामा यो रकम कम हो ।
यसैगरी, नेप्से सुचकमा ६२ कम्पनीमा वृद्धि भएको छ । १३८ कम्पनीमा ओरालो लागेको र १९ कम्पनी स्थिर रहेको छ । त्यस्तै, कारोबारको आधारमा प्रभु बैंक शीर्ष स्थानमा रहेको छ । उक्त बैंकले ५ करोड २६ लाख भन्दाबढि रुपैयाँको कारोबार गरेको छ । यसैगरि सिवम सिमेन्टको करिब ४ करोडको कारोबार भएको हो ।
मंगलबार सबै उपसूचक कम्पनीहरूमा ओरालो लागेको छ । मंगलबार कालिन्चोक दर्शन र मोलुङ जलविद्युतको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधितोपत्र बोर्डमा अध्यक्ष नहुँदा तीन महिनादेखि आईपीओ र एफपीओको काम बन्द
चैत १४, २०८० बुधबार
धितोपत्र बोर्डको अध्यक्षका लागि अर्थले खुलायो आवेदन
फागुन १६, २०८० बुधबार
नेप्सेले भन्यो, ‘मार्जिन कारोबारका लागि ११२ कम्पनी योग्य’
फागुन १४, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
नेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार