कोशी नाम खारेजी आन्दोलनका शहीद पदम लिम्बुको अन्त्येष्टि शनिबार
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १३:२९:६
६ वैशाख, विराटनगर । प्रदेशको नाम कोशीलाई खारेजीको माग गर्दै जारी आन्दोनका क्रममा निधन भएका पदमबहादुर लिम्बूको शव आउँदो शनिबार अन्त्येष्टि गरिने भएको छ । लिम्बूलाई सरकारले शहीद घोषणा गरिसकेको छ ।
प्रदेशसभाकोा गएको फागुन १७ मा बसेको बैठकबाट गरिएको कोशी प्रदेश नामांकनलाई हटाएर पहिचान र सामाथ्र्यको आधारमा नामाकरणको माग गर्दै भएको आन्दोलनका क्रममा गएको चैत ५ गते विराटनगरमा प्रहरीको दमनमा परी सख्त घाइते ४२ वर्षीय लिम्बूको उपचारका क्रममा चैत १० मा धरानस्थित बीपी अस्पतालमा निधन भएको थियो ।
पहिचानवादी एवं आन्दोलनकारीहरुले भने कोशी नाम खारेज नभएसम्म अन्त्येष्टि नगर्ने अडान लिँदै आइरहेका बेला परिवारजनको अनुरोधमा सम्मानसाथ अन्त्येष्टि गर्न लागिएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी केन्द्रीय उपाध्यक्ष विष्णु तुम्बाहाङ्फेले जानकारी दिइन् । मोरङको बेलबारी(२ लालभित्ती घर भएका लिम्बू धरान बस्दै आएका थिए ।
सरकारले गत २४ चैतमा शहीद घोषणा गर्दै उनको परिवारलाई १० लाख राहत दिने निर्णय गरेको थियो । पहिचानवादी आन्दोलनमा लिम्बू सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सहकमान्डर थिए ।
पहिचान पक्षधर दल र जातीय संस्थाहरूले प्रदेशको पुन नामांकनको माग गर्दै प्रदर्शन जारी राखेका छन् । प्रदेशको नाम पहिचानको आधारमा नभएसम्म सम्म आन्दोलनबाट पछि नहट्ने उनीहरुको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयोजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक मात्रै !
बैशाख १३, २०८१ बिहिबार
नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
बजारमा निम्न गुणस्तरको वाई वाई चाउचाउ, महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख
बैशाख १३, २०८१ बिहिबार