‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२३’ का लागि २४ प्रतियोगी छनौट
नेपालबहस संवाददाता
बैशाख १०, २०८० आइतबार १५:३७:३५
१० वैशाख, काठमाडौं । नेपालमा आयोजना हुने प्रतिष्ठित सौन्दर्य प्रतियोगीता हो ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल’ प्रतियोगीताको आगामी संस्करण अर्थात ‘मिस एण्ड मिस्टर सुप्रन्यासनल नेपाल २०२३’ का लागि १२ युवा र १२ युवती गरेर २४ प्रतियोगी छानिएका छन् । पोखरा, धनगढी, इटहरी, काठमाडौं लगायत देशको बिभिन्न स्थानमा भएको प्रारम्भिक अडिसनमा सहभागी २ सयबढी सहभागीबाट ४० प्रतियोगी छानिएका थिए । ति मध्यबाट फाइनलका लागि २४ प्रतियोगी छानिएका हुन् ।
छानिएका प्रतियोगीतामा विदेश बस्ने, एनआरएन, अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीतामा सहभागी भएका र बिभिन्न सौन्दर्य प्रतियोगीता विजेता समेत छन् । १८ वर्षदेखि ३२ वर्षसम्मका युवती र १९ देखि ३४ वर्षसम्मका युवाको सहभागीता रहेको अडिसनको छनौट चरणमा डा. सन्तोष उपाध्यय, प्रशान्त ताम्राकार, प्रिया सिग्देल, सनिसा श्रेष्ठ, डा.केशु खड्का, पुष्कर ओझा, डा. प्रमोद जोशी, सुनिल थपलिया, उज्वल जोशी लगायत निर्णायक रहेका थिए ।
सनुर्वि इन्टरनेसनलको आयोजना रहेको प्रतियोगीतामा ट्यालेन्ट, स्वीमर, टप मोडल, फिटनेश, सोसल कोर्ष, सास सेरोमनी लगायतका राउण्ड समेत आयोजना हुनेछ । ट्यालेन्ट, स्वीमर, टप मोडल राउण्डमा दर्शकले समेत सहभागीता जनाउन पाउनेछन् । प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगीतामा अन्तराष्ट्रिय गेष्टहरुको पनि सहभागी रहनेछ । गत बर्षको प्रतियोगीतामा ‘मिस्टर सुपरनेसनल २०२१’ भरो भार्गाेस, ‘मिस सुपरनेसनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रानेसनल अर्गनाइजेसनका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आएका थिए । यो बर्ष पनि बिभिन्न अन्तराष्ट्रिय गेष्टको सहभागीता रहने आयोजकले जनाएको छ ।
फाइनल प्रतिस्पर्धीले २५ दिनको बिभिन्न ट्रेनिङ समेत लिनेछन् । जसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकद्धार पौडी, शारीरिक फिटनेस, फोटो सेसन, व्यक्तित्व विकास लगायत बिभिन्न प्रशिक्षण प्रदान गरिनेछ । प्रतियोगीतामा २ पुरुष र २ महिला गरेर ४ विजेता छानिनेछ । जस मध्य पुरुष विजेताले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता मिष्टर सुप्रन्यासनल र मिष्टर इन्टरनेशनलमा सहभागीता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मि ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।
बिभिन्न आधा दर्जन बिधामा सवटाइटल विजेता पनि छानिने प्रतियोगीता नेपालमा आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता भन्दा केही भिन्न र उत्कृष्ट तरिकाले आयोजना हुनेछ । युवायुवतीको प्रतिभा निखार्दै उज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उदेस्यले प्रतियोगीताको आयोजना थलिएको आयोजक सनुर्वि इन्टरनेसनल सन्तोष उपाध्यायले बताए ।प्रतियोगीताको अन्तिमस्पर्धा १५ मेमा एक भब्य समारोहकाबीच आयोजना हुनेछ । जसका राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्यक्तित्वको उपस्थिती रहने आयोजकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछैटौं ब्युटिसियन ट्यालेन्ट नेपालको पहिलो अडिसनबाट १३ जना छानिए
चैत २६, २०८० सोमबार
पहिलो पटक मिस युनिभर्समा भाग लिँदै साउदी अरब
चैत १५, २०८० बिहिबार
सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडा भव्यरुपमा सम्पन्न
माघ १८, २०८० बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
विलासी जीवन जिउने विद्या बालनले किन मागिन भिख ?
बैशाख ७, २०८१ शुक्रबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
फिल्म ‘पूजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक
बैशाख ८, २०८१ शनिबार
पर्यटकको रोजाइमा म्याग्दीको घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
चिनियाँ आइफोनमा व्हाट्सएप र थ्रेड्स प्रतिबन्ध
बैशाख ८, २०८१ शनिबार
भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल
बैशाख ८, २०८१ शनिबार
आइपिएलमा आज दिल्ली र सनराइजर्स खेल्दै
बैशाख ८, २०८१ शनिबार