कोरोना संक्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
नेपालबहस संवाददाता
बैशाख २०, २०८० बुधबार १८:२१:४०
२० वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउने र सुर्तीजन्य पदार्थ सेवन गर्नेको फोक्सोमा पहिले नै समस्या भइसकेकाले सुर्तीजन्य पदार्थको सेवन नगर्न आग्रह गरिएको बताए ।
“कोरोना भाइरसले फोक्सोलाई क्षति पु¥याउँछ । सुर्तीजन्य पदार्थको सेवन गर्नेको फोक्सो पहिले नै समस्या भइसकेको हुन्छ”, उनले भने, “त्यसैले कोरोना भाइरसबाट बच्नका लागि सुर्तीजन्य पदार्थको सेवन गर्नु हुँदैन ।”
धूम्रपानले फोक्सोको क्यान्सर निम्त्याउने सम्भावना २२ गुणाले बढाउने मन्त्रालयले जनाएको छ । सुर्तीजन्य पदार्थको सेवनले शरीरको रोग प्रतिरोधात्मक शक्तिलाई असर गर्ने र त्यसले सङ्क्रमण हुने सम्भावना बढाउने मन्त्रालयले जनाएको छ ।
सुर्तीजन्य पदार्थ सेवन गर्दा ओठ, मुख औलाले छुनुपर्ने हुँदा कोरोना सङ्क्रमण सजिलै सर्ने सम्भावना बढी हुने सहप्रवक्ता डा अधिकारीले बताए । “सुर्तीजन्य पदार्थ एकापसमा साटासाट गरी सेवन गर्ने क्रममा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्न सम्भावना बढी हुन्छ”, उनले जारी गरेको सूचनामा भनिएको छ, “एउटै हुक्का, चिलिम प्रयोग गरी पालैपालो सेवन गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण फैलिन सक्दछ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार