इसेवाको एकमा चार अफर सार्बजनिक

नेपालबहस संवाददाता
बैशाख २२, २०८० शुक्रबार १४:४६:४

२२ वैशाख, काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एक मा चार अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत दैनिक रू एक 'रू १' भन्दा कम रूपैयाँमै आफुसहित अन्य चार जना आफन्त तथा साथीभाईको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिनेछ । यस अफरमा आफन्त र साथीभाईलाई समेत समावेश गर्न सकिनेछ ।
यस अफरमा सहभागी हुन आफ्नो पूर्ण हेल्थ केयर खरिद गर्न दैनिक रू एक 'रू १' भन्दा कम अर्थात् वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नु परेमा हरेक सदस्यको वार्षिक २ सय ७० रूपैयाँ शुल्क लाग्नेछ । यसैगरि आफुसहित साथीभाईलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक ३ सय ६० रूपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ ।
इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाईलाई स्वास्थ्य तथा आइपर्ने भवितब्य एवं दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो । यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एप्स्मा गइ इसेवा केयर सेवा अन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरू आफु, आफ्नो परिवार तथा साथीभाईलाई थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिनेछ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एकलाख रूपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । यस प्याकेजमा एक लाख भन्दा बढिको दुर्घटना बीमा, २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्यूटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा रू पाँच सय छुट, फुल बडि चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने इसेवामा एक सय रिवार्ड पोइन्ट प्राप्त गर्न सकिन्छ ।
यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ । यस अफरमा गर्भावस्था, गर्भपतन, जन्म नियन्त्रण,बाँझपनको उपचारका जटिलता,मानसिक वा नर्भस ब्रेक डाउन, जन्मजात वा वंशानुगत दोष वा अवस्थाहरु, एचआइभी वा कुनै यौनजन्य रोग, रक्सी वा अन्य लागुऔषध दुरूपयोग,आत्महत्या वा कुनै अंग प्रत्यारोपण, बैकल्पीक शल्यक्रिया, प्लास्टिक सर्जरी, नियमित परिक्षण गरिरहनुपर्ने रोगहरूमा भने यो हेल्थ केयर प्याजेजबाट बीमा दाबी गर्न सकिने छैन ।
यस प्याकेजमा बीमा खरिद गरेको ३० दिनपछि मात्र अस्पताल भर्नाको दाबी गर्न सकिन्छ । साथै यो अफरमा ६० वर्ष भन्दा कम उमेर समुहका व्यक्तिहरूले मात्र सहभागिता जनाउन सकिनेछ । हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुइ लाख भन्दा बढि एजेन्ट 'इसेवा जोन तथा पोइन्ट' मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअब एक करोडसम्मको घर बीमा इसेवाबाटै गर्न सकिने
जेठ २६, २०८० शुक्रबार
कोरियाको बहुप्रतिष्ठित रेमिट्यान्स् कम्पनी हानपाससँग नेपाल रेमिटको सम्झौता
जेठ २६, २०८० शुक्रबार
ईसेवा मनि ट्रान्सफरको बम्पर विजेता पूर्ण बहादुर श्रेष्ठ नेपाल आउँदै
जेठ २६, २०८० शुक्रबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
प्रधानमन्त्री प्रचण्डविरूद्ध आएका रिट दर्ता गर्नूः सर्वोच्च
जेठ २६, २०८० शुक्रबार
अत्यधिक गर्मी बढेपछि दाङका विद्यालय बन्द
जेठ २६, २०८० शुक्रबार
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसदमा पेस
जेठ २६, २०८० शुक्रबार
विवाह गर्दा वडाको सिफारिस अनिवार्य
जेठ २६, २०८० शुक्रबार
बक्सअफिसमा भिड्दै अक्षय र सनी
जेठ २६, २०८० शुक्रबार