नेपालमा सिप, ज्ञान र प्रविधि लगानीमा जोड

नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १४:४:४

२६ वैशाख, काठमाडौं । गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी वैज्ञानिक, विज्ञ र प्राज्ञिक प्रतिनिधिहरुले नेपालमा आर्थिक लगानीका अतिरिक्त सिप, ज्ञान र प्रविधिको लगानीमा जोड दिएका छन् ।
चेक रिपब्लिकको राजधानी प्रागमा गत आइतवार आयोजित सम्मेलनमा बोल्दै विज्ञ राकेशचन्द्र प्रजापतिले नेपालको विश्वबजारमा हालसम्म सेटलाइट क्षेत्रमा रहेको पहुँचको बारेमा आफ्ना भनाइ राखेका थिए । उनले नेपालमा स्पेश टेक्नोलोजी सम्बन्धी अध्ययन र अध्यापन गर्न जनशक्ति कम रहेको बताए । उनले सन् २०२४ मा नेपालले सेटलाइट बनाउने तयारी गरेको बताए ।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा भौतिकशास्त्री डा.हेमराज शर्माले विदेशमा सिकेको ज्ञान र सिप नेपालमा लैजानको लागि आवश्यक वातावरण बन्नु पर्नेमा जोड दिए । उनले नेपालमा अहिलेको अवस्थामा आर्थिक लगानीका अतिरिक्त प्रविधि भित्राउन अभियानमा लाग्नु पर्ने बिचार व्यक्त गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सिप तथा ज्ञान ट्रान्फरको लागि पुस्ताको प्राथामिकतामा निर्भर हुने बताए । उनले नेपालको विकासको लागि आफ्नो दृष्टिकोणमा परिवर्तन ल्याउन सके मात्र राष्ट्र समृद्धीको बाटोमा लाग्ने बताए । उनले विदेशमा बस्ने नेपालीहरुलाई आफूले सिकेको ज्ञान र सिप नेपालको नीति निमार्णमा सदुपयोग गर्न आग्रह गरे । उनले नेपालमा अहिले सुशासन आवश्यक रहेको बताए ।
कार्यक्रममा डा. बोधराज सुवेदी, डा. कृष्ण सापकोटा, डा. असिम अधिकारी, हरिकृष्ण न्यौपाने, भोजराज शर्मा, आरके त्रिपाठीलगायतका वक्ताहरुले नेपालमा सिप र ज्ञान ट्रान्फरमा जोड दिए । एनआरएनए यूरोपेली सम्मेलनः ६ लाख प्रवासी नेपाली लगानीकर्ता धितोपत्र बजारमा जोडिने गैरआवासीय नेपाली संघको जारी १५ औं युरोपेली सम्मेलनमा सहभागी लगानीकर्ताहरुले नेपालको समृद्धिको लागि नेपालमा लगानीमा जोड दिएका छन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा। बद्री केसीले विदेशी नागरिकता लिएका गैरआवासीय नेपालीले नेपालमा लगानी गर्दा समस्या रहेको बताउँदै विदेशी लगानीमा न्युनत २ करोडको सिलिङ्ग तोकिनु व्यवहारिक नभएको बताए ।
उनले संघले अघि सारेको १० अर्ब लगानीको परियोजनामा सा–साना लगानीकर्ताहरु जोड्ने उद्देश्यले सामूहिक लगानीको परियोजना अघि सारिएको बताए । उनले निकट भविष्यमा सो फण्डमा न्यूनतम २ सय ५० डलर लगानी गर्नसक्ने नेपालीलाई जानकारी दिने उद्देश्यले रोड शोको आयोजना गरिने जानकारी दिए । डा. केसीले गैरआवासीय नेपालीहरुको लगानीलाई सुनिश्चित गर्न केही ऐन तथा कानूनहरुमा अझै पनि संशोधनको आवश्यक रहेको बताए ।
समृद्धिका लागि गैरआवासीय नेपालीहरुको संयुक्त लगानी विषयको अन्तरक्रिया कार्यक्रमलाई आइतवार सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष कुमार पन्तले कार्यक्रममा बोल्दै नेपालमा आर्थिक लगानीका अतिरिक्त ज्ञान र सिपसमेत भित्र्याउन जोड दिए । पन्तले गैरआवासीय नेपालीहरुको दर्दिखोला जलविधुत आयोजनामा भएको सामूहिक लगानी सफल भएको चर्चा गरे ।
उनले विदेशमा रहेका नेपालीहरुको ससानो पुँजीलाई देशको समृद्धिका जोड्नको लागि नेपालमा १० अर्बको लगानी परियोजना अगाडि सारिएको बताए । पन्तले १० अर्ब लगानीमा भएको साना लगानीबाट पनि ठूलो मुनाफा हुने जिकिर गरे । पन्तले विदेशमा बस्ने ६ लाख नेपालीलाई लक्ष गरी आइपीओ जारी गर्न लागिएको जानकारी दिए । उनले गैरआवासीय नेपालीहरुको सयुक्त लगानीमा स्थापना गरिएको एन।आर।एन नेपाल डेप्लोमेन्ट फण्डमा ढुक्क भएर लगानी भित्र्याउन आग्रह गरे ।
एन।आर।एन नेपाल डेप्लोमेन्ट फण्डका प्रमुख कार्यकारी अधिकृत अनल राज भट्टराईले नेपाल सरकारले गैरआवासीय नेपालीको लगानीलाई स्वीकृत गर्ने, लेखांकन गर्ने र न्यूनतम सिमा सहजिकरण गरेको बताए । उनले गैरआवासीय नेपालीहरुले १० अर्बको फण्डमा लगानी गर्न चाहना राखेमा २ सय ५० डलरबाट सुरु गर्न सक्ने बताए । भट्टराईले १० अर्ब फण्डको लागि सर्वसाधारणको लगानीको लागि धितोपत्र बजारमा ६ महिनाभित्र जाने गरी काम थालिएको बताए ।
अष्ट्रियाका लागि नेपाली राजदूत भरतराज रेग्मीले गैरआवासीय नेपाली संघले भूकम्प, कोभिड जस्ता प्राकृतिक प्रकोपको बेला देशको लागि ठूलो सहयोग गरेको चर्चा गरे । उनले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न प्रतिबद्ध रहेको बताए । उनले गैरआवासीय नेपालीहरुको आर्थिक डिप्लोमेसी, पर्यटन प्रर्वधन लगायतका क्षेत्रमा ठूलो सहयोगको अपेक्षा नेपाल सरकारको रहेको बताए ।
कार्यक्रममा महिला व्यवसायी अनुजा प्रधानले गैरआवासीय नेपाली महिलालाई व्यवसायी बनाउने नीति ल्याउन जोड दिइन् । उनले आफ्नो बैंक खातामा भएको पैसा लगानी गर्न आग्रह गर्दै समृद्ध हुनको लागि एक मात्र विकल्प लगानी भएको बताइन् ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष आरके शर्माले खाडी क्षेत्रमा नेपालीहरुले बगाएको पसिनालाई सदुपयोग गर्ने तर्फ नेपाल सरकारको ध्यानकर्षण गराए । उनले श्रमिकहरुलाई मात्र सामूहिक लगानीमा जोड्न सके मात्र ८० अर्बसम्मको लगानी भित्र्याउन सकिने बताए। उनले १० अर्बको लगानी समृद्ध नेपालको लागि पहिलो खुडकिलो भएको बताए ।
संघका प्रवक्ता शिवकुमार बरुवाले संचालन गरेको कार्यक्रममा संघका उपाध्यक्षहरु महेशकुमार श्रेष्ठ, आरके शर्मा, राज रेग्मी, अनुजा प्रधान लगायतले आआफ्ना भनाइ राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा निर्वाचित
जेठ २३, २०८० मंगलबार
अमेरिकाको टेक्ससमा १२ हप्तामा शरीरको बोसो घटाउने र मांशपेशी बनाउने तालिम
जेठ २१, २०८० आइतबार
नागरिकता पाउने भएपछि गैर आवासीय नेपाली खुसी
जेठ १८, २०८० बिहिबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
प्रधानमन्त्री प्रचण्डविरूद्ध आएका रिट दर्ता गर्नूः सर्वोच्च
जेठ २६, २०८० शुक्रबार
पुँजीगत खर्चमा थेगी नसक्नु चुनौती छन: अर्थमन्त्री
जेठ २६, २०८० शुक्रबार
अत्यधिक गर्मी बढेपछि दाङका विद्यालय बन्द
जेठ २६, २०८० शुक्रबार
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन संसदमा पेस
जेठ २६, २०८० शुक्रबार
विवाह गर्दा वडाको सिफारिस अनिवार्य
जेठ २६, २०८० शुक्रबार