नक्कली आमा–बुबा बनाएर लिइएको नागरिकता खारेज
नेपालबहस संवाददाता
बैशाख २६, २०८० मंगलबार १७:५१:७
२५ वैशाख, काठमाडौं । नक्कली आमा बुबा खडा गरेर अनाधिकृत रुपमा लिइएको नागरिकतालाई जिल्ला प्रशासन कार्यालयले खारेज गरिदिएको छ ।
मन्थली नगरपालिका–७ भटौलीका राजमान तामाङ र उनकी श्रीमती एलिना तामाङलाई नक्कली बाबु र आमा बनाएर सुजु थोकर नाम गरेकी युवतीले जिल्ला प्रशासन कार्यालयबाट गएको चैतमा वंशजको नागरिकता लिएकी थिइन् । सो कुरा वडाध्यक्ष भुवनहरि प्रसाइँले थाहा पाएपछि कारवाहीमा पर्नबाट जाेगिन उनले नै खारेजीका लागि कार्यालयमा उजुरी दिएका थिए ।
सोही आधारमा बाबु आमा र थोकरलाई बोलाएर सोधपुछ गर्दा नक्कली भएको पत्ता लागेपछि सीडीओ अनिता निरौलाले नागरिकता सोमबार खारेज गरिदिएकी हुन् ।
आफूलाई भुक्याएर नागरिकताका लागि सिफारिस गर्न गराइएको भन्दै वैशाख २० मा उजुरी दिएका थिए । सिफारिसमा आधारमा नक्कली छोरी (सुजु)ले जिल्ला प्रशासन कार्यालय रामेछापबाट गएको चैत ३० गते २१–०१–७९–०७४०२ नम्बरको नागरिकता लिएकी थिइन् ।
सो प्रकरणमा वडा सचिव श्यामकिशोर साहलाई समेत सोधपुछ गरिएको थियो । उनले थोकरको जन्म दर्ताको प्रमाणपत्र बनाएका थिए ।
नक्कली बाबु आमा बन्ने र नागरिकता लिनेमाथि आवश्यक अनुसन्धान र कारवाहीका लागि कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखेको छ । पत्रपछि कीेर्ते कसुरमा उनीहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा बस्छन ६० देशका अवैतानिक वाणिज्यदूत
चैत १५, २०८० बिहिबार
लम्साल, शर्मा र पौड्यालमध्ये को होला सचिवमा बढुवा ?
चैत १५, २०८० बिहिबार
सरुवामा बेथिति, महतको सेटिङ फालेर पुनले अर्थमा फेरे कर्मचारी
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
सिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै
चैत १६, २०८० शुक्रबार
देउडा खेल्दै सर्वसाधारण
चैत १६, २०८० शुक्रबार