सीमावर्ती बजारमा भारतीयभन्दा नेपाली रुपैयाँ बलियो
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १२:२७:२७
२७ वैशाख, रौतहट । केही सातायता गौर र यसको सीमावर्ती भारतीय सहर बैरगनिया, सितामढीमा भारतीय रुपैयाँ अवमूल्यन हुँदा नेपाली रुपैयाँ बलियो बनेको छ ।
विगतमा गौरमा भारतीय रुपैयाँ हात पर्दा दंग पर्ने नेपाली व्यापारीहरू अहिले नाक खुम्च्याउन थालेका छन् । यसको कारण हो, भारतीय रुपैयाँको सरकारी तथा आधिकारिक विनिमय दरभन्दा कम विनिमय मूल्य पाउनु ।
हाल १ सय भारतीय रूपैयाँको मूल्य १५५ नेपाली रुपैयाँभन्दा तल झरेको छ । सामान्य अवस्थामा १ सय भारतीय रुपैयाँको नेपाली मूल्य १ सय ६० रुपैयाँ हुन्छ । नेपाली र भारतीय मुद्राबीचको कारोबारलाई स्थानीय भाषामा ‘बट्टा’ दर भनिन्छ । पुसभन्दा अघि भारतका व्यापारीले नेपाली रुपैयाँ अवमूल्यन गरेर १ सय भारतीय रुपैयाँका लागि १६५ नेपाली रुपैयाँसम्म लिन्थे ।
गत पुसको तेस्रो सातादेखि आश्चर्यजनक रुपमा भारतीय बजारका व्यापारीहरूले नेपाली उपभोक्तासँग लिने ‘बट्टा’ घटाउँदै लगे । पुस अन्त्यसम्ममा यो ‘बट्टा’ दर घटेर १६० रुपैयाँमा झ¥यो । त्यसको एक महिनापछि अर्थात् माघदेखि आश्चर्यजनक रुपमा भारतीय बजारमा नेपाली रुपैयाँ भारुभन्दा बलियो हुन पुग्यो । अर्थात् भारतमा सुरुमा नेपाली १५८ रुपैयाँले भारु १ सय बराबर मान्यता पायो । त्यसपछि दैनिक ‘बट्टा’ दर झरेर अहिले नेपाली १५५ रुपैयाँ बराबर भारु १ सय रुपैयाँ बराबरको मान्यता पाएको छ ।
नेपाल भएर भारततर्फ तस्करी हुने चिनियाँ सुन र लागुऔषध गाजाका कारण सीमावर्ती भारतीय बजारहरुमा ठूलो परिमाणमा नेपाली मुद्राको माग बढेर नेपाली मुद्राको मूल्य बढेको जानकारहरु बताउछन् ।
नेपाली तथा चिनियाँ व्यापारीहरूले यी दुवै वस्तुको भुक्तानी भारतीय व्यापारीहरूसँग नेपाली मुद्रामा गर्न चाहन्छन्, यस्तो अवस्थामा करोडौं रुपैयाँ नेपाली मुद्राको माग हुन थालेकोले भारतीय सुन तथा लागुऔषध कारोबारीहरूले भारतीय बजारमा आएको नेपाली रुपैयाँ महँगो मूल्यमा खरिद गरेर नेपाली मुद्रालाई महत्त्व दिन थालेका हुन् ।
यसैगरी चिनियाँ सुन मात्र नभई गरम मसला र सिल्कको धागोको अवैध कारोबार पनि नेपाली र भारतीय व्यापारीहरुबीच बढेकाले भारतीय बजारमा भारुको तुलनामा नेपाली मुद्रा बलियो भएको हो ।
यसबाहेक भारतको बिहार राज्यमा मदिरा प्रतिबन्धित रहेकाले नेपालमा मदिरा सेवन तथा खरिदको माध्यमबाट पनि ठूलो परिमाणमा भारु नेपालमा आइरहेको छ । यसरी नेपालीले सहजै भारु पाउदा उनीहरुले किनमेलका लागि भारतीय बजारमा बट्टा तिरेर नेपाली रुपैयाँ पनि ल्याउन कम गरेकाले भारतमा नेपाली मुद्रा बलियो भएको उनको बुझाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
राकुटेन भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स
फागुन २३, २०८० बुधबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार
एसईई परीक्षामा निरीक्षक बसेका १० जना निष्काशित
चैत १५, २०८० बिहिबार
नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
परम्परागत होली पछ्याउँदै राना थारू समुदाय
चैत १५, २०८० बिहिबार
एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
चैत १५, २०८० बिहिबार