बेमौसमी आलु खेतीमा सोचेभन्दा बढी उत्पादन
नेपालबहस संवाददाता
बैशाख २७, २०८० बुधबार १४:४८:५
२७ वैशाख, महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ कालागौंडीका किसान बमनु राना बेमौसमी जातको आलु खेतबारीमा रोपेर सोचेभन्दा बढी उत्पादन गर्न सफल हुनुभएको छ । डिजिरे जातको ४० किलो आलु खेतबारीमा रोपेर उहाँले छ क्विन्टल उत्पादन गरेका छन् ।
नगरपालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा आलुको बीउ पाएका उनले पहिलोपटक परीक्षणका रुपमा आलु राेपेका हुन् । एउटै बोटमा दुई किलोसम्म आलु उत्पादन भएको उनले बताए । “आधा कट्ठा जग्गामा अनुदानमा पाएको आलु रोपेको थिए”, बमनुले भने, “अपेक्षा गरेभन्दा निकै बढी उत्पादन भएपछि उत्साहित बनाएको छ ।” अब बढी जग्गामा आलु रोप्ने योजना बनाएको उनले सुनाए । उनका अनुसार बेमौसमी आलुको माग निकै बढी रहेको छ ।
“प्रति केजी एक सय रूपैयाँका दरले आलुको बीउ बिक्री गर्दा पनि किसानले माग गर्न छाडेका छैनन्”, उनले भने, “आफूलाई रोप्न राखेर बीउ अरूलाई बेच्न थालेको छु ।” फागुनमा रोपेको बेमौसमी आलुलाई किसानले वैशाखको दोस्रो सातादेखि खन्न सुरु गरेका छन् ।
खानमा निकै स्वादिलो र अरू आलुको तुलनामा उत्पादन तेब्बर बढी हुने गरेको किसानको भनाइ छ । कालागौंडीका किसान ठग्गु रानाले बेमौसमी आलु खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउने बताउनुभयो । पहिलो पटक खेती गर्दा निकै बढी उत्पादन भएकाले एक बिघामा खेती गर्ने योजना बनाएको उनले बताए ।
पहाडी क्षेत्रमा मात्रै लगाइने गरेको बेमौसमी आलु तराईमा पहिलो पटक खेती गरिएको वडाध्यक्ष नवलसिंह रानाले बताउनुभयो । “नगरपालिकाले आलुको बीउको गरेको परीक्षण सफल भएको छ”, उनले भने, “बढी उत्पादन हुने आलु प्रवर्द्धन गर्न वडा कार्यालयबाट योजना बनाइ किसानलाई बीउ, रासायनिक मल र सिँचाइमा प्रोत्साहित गर्छौं ।”
नगरपालिकाको कृषि शाखाका प्रमुख करनसिंह बुढाऐरले परीक्षणका रुपमा बेमौसमी आलुको बीउ चारभन्दा बढी वडाका किसानलाई अनुदानमा वितरण गरिएको बताए । “झन्डै २० क्विन्टल बढी आलु किसानलाई ५० प्रतिशत अनुदानमा उपलब्ध गराएका हौँ”, उनले भने, “४० बढी किसानले बेमौसमी आलु खेती गरेका छन्, उत्पादन सन्तोषजनक भएको प्रतिक्रिया पाइएको छ ।”
बेमौसमीसँगै स्थानीय जातको आलु खेतीलाई प्रवर्द्धन गर्न किसानलाई आगामी योजनामा पनि निरन्तर रुपमा अनुदान उपलब्ध गराउने योजना रहेको उनले जानकारी दिए । किसानलाई उपलब्ध गराइएको २० क्विन्टल आलुको बीउबाट ८५ क्विन्टल बढी आलु उत्पादन भएको कृषि शाखाको अनुमान छ । उत्पादन भएको आलुलाई कृषि शाखाले अरू आलु खेती गर्न चाहने किसानलाई उपलब्ध गराउने योजना बनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
बाँकेका किसान चैते धानखेतीमा आकर्षित
बैशाख १२, २०८१ बुधबार
दाङमा चैते धानप्रति किसानको आकर्षण बढ्दो
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
ट्राफिक प्रहरी र यातायातको सेटिङमा १५ हजारमै पाइन्छ ड्राइभिंङ लाइसेन्स
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
त्रिविका कानुनी सल्लाहकार खनाललाई कारबाही नगर्न आदेश
बैशाख १२, २०८१ बुधबार
सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : पीडित अझै अस्थायी टहरामा
बैशाख १२, २०८१ बुधबार