तातोपानी भन्सारबाट निर्यात ठप्प, आयात आंशिक
नेपालबहस संवाददाता
बैशाख २९, २०८० शुक्रबार १८:१५:१९
२९ वैशाख, काठमाडौं । यही वैशाख १८ बाट तातोपानी भन्सार नाकाबाट आयात र निर्यात खुला भएपनि निर्यात ठप्प भएको छ । सुरु भएकै दिन मुडा, म्याट्रेस र बेदका कुर्सीहरु लगायत हस्तकलाका ३ कन्टेनर सामागी्र चीन पठाइएकामा त्यसयता निर्यात शून्य रहेको भन्सार कायालयले जनाएको छ । चीनबाट सामान माग नभएकै कारण सामान निर्यात ठप्प भएको हो ।
२०७२ वैशाख १२ मा गएको विनाशकारी भूकम्पपछि करिब ८ वर्ष बन्द भएको नाका बल्लतल्ल खुला गरिएको हो । राजधानीबाट सबैभन्दा नजिक उत्तरी नाका खुला नहुँदा चिनियाँ सामान महंगो भएर उपभोक्तालाई मार परेको जनाउँदै दुवै देशका प्रतिनिधि बसेर छलफल गरी नाका खुला गरिएको हो ।
तातोदेखि चीनतर्फको नजिकका बजार खासामा बस्ती नभएपछि स्वदेशी सामानको माग घटेको तातोपानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयान्द केसीले बताए । निर्यात खुलेको पहिलो दिन ३ वटा कन्टेनरमा करिब २९ लाख रुपैयाँ बराबरको सामान निर्यातबाहेक ठप्प रहेको उनले बताए । तर दैनिक ५ देखि ७ वटा कन्टेनर सामान आयात भइरहेको उनले बताए । नाकाबाट मान्छे आवतजावत भने निषेध नै छ ।
यता, रसुवा नाकाबाट भने दैनिक रुपमा नेपाली निर्यात भइरहेको रसुवा भन्सार कार्यालयले जनाएको छ । उक्त नाकाबाट दैनिक २० करोड बराबरको ४ देखि ५ कन्टेनर निर्यात भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रमुख नारायण भण्डारीले बताए ।
यसतै यो नाकाबाट नाकाबाट दैनिक ८ कन्टेनर चिनियाँ सामान आयात भइरहेको उनले बताए । यो नाका पूर्ण रुपमा संचालनमा भइरहेको ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
चोभार सुक्खा बन्दरगाह, सडक असुविधाले सामान गन्तव्यमा पुर्याउनै झन्झट
चैत १३, २०८० मंगलबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सिराहामा बाहिरियो नेपाली विषयको प्रश्न पत्र
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार
क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय
चैत १६, २०८० शुक्रबार