धार्मिक पर्यटकलाई आकर्षित गर्न बाँकेका होटेलमा छुटसहितको प्याकेज घोषणा
नेपालबहस संवाददाता
जेठ १, २०८० सोमबार १२:११:१९
१ जेठ, नेपालगञ्ज । बाँकेका होटेल व्यवसायीले एक महिनाका लागि पर्यटन प्रवद्र्धन गर्न भन्दै विशेष छुटसहित प्याकेज घोषणा गरेका छन् । केही महिनाअघिदेखि प्रशिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरमा महाआरती सुरु भएपछि धार्मिक पर्यटकलाई आकर्षित गर्न व्यवसायीले सो प्याकेजको घोषणा गरेको होटेल तथा रेष्टुरेष्ट व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष तथा सङ्घका केन्द्रीय सदस्य भीमलाल कँडेलले जानकारी दिए ।
उनले उक्त प्याकेज जेठ महिनाका लागि मात्रै भएको जानकारी दिँदै अहिले चार होटेलले मात्रै गरेको तर केही दिनपछि सबैले प्याकेजको घोषणा गर्ने बताए । “एक महिनाभरि यसको कस्तो परिणाम आउँछ, त्ससको समीक्षा गर्छौं र पुनःयसलाई निरन्तरता दिन्छौँ”, उनले भने । खास गरी महाआरतीमा सहभागी हुन आउने भारतीय पर्यटकको बसाइँ लम्ब्याउन सो प्याकेज घोषणा गरेको बताइएको छ ।
नेपालगञ्जको गणेशमान चोकमा रहेको होटेल इन्द्रेणीले होटेलमा आउने अतिथिका लागि दुई छाक खाना निःशुल्क गरेको छ । बागेश्वरी हल रोडमा रहेको अप्सरा होटेलले बास बस्नका लागि होटेलका कोठामा ५० प्रतिशत छुट गरेको छ । स्वर्गद्धारी होटेलले एक छाक खाना निःशुल्क र दङ्गाली होटेलले दुई जनालाई होटेलमा कोठा निःशुल्क हुने जनाएको छ ।
होटेल व्यवसायी सङ्घका अध्यक्ष रङ्गबहादुर खडकाले अहिले पर्यटकका लागि सुरुआत मात्र भएको उल्लेख गर्दै सबै होटेल व्यवसायीलाई प्याकेज घोषणा गर्न आह्वान गरेको बताए । उनले सङ्घको निर्णयानुसार उक्त प्याकेज घोषणा भएको जानकारी दिए । बाँकेमा साना तथा ठूला गरेर करिब तीन हजार बढी होटेल सञ्चालनमा छन् ।
बागेश्वरी मन्दिरमा सुरु भएको महाआरतीपछि धार्मिक पर्यटकको चहलपहल बढ्न थालेको छ । मन्दिर आउने भक्तजनलाई लक्षित गरेर सो प्याकेज ल्याइएको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबन्दीपुरमा पाँचतारे होटल निर्माण सम्पन्न
चैत २६, २०८० सोमबार
पोखराका होटलमा पर्यटकको चहलपहल बढ्यो
चैत २६, २०८० सोमबार
नेपालमा थपिए चार पाँचतारे होटल
चैत १३, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
ट्रयाक्टरले किचेर एकको मृत्यु
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने
बैशाख १३, २०८१ बिहिबार
वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा
बैशाख १३, २०८१ बिहिबार
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ किनबेच ?
बैशाख १३, २०८१ बिहिबार