भ्रष्टाचारविरुद्ध देशैभरका पर्यटन श्रमिकहरु आन्दोलित
नेपालबहस संवाददाता
जेठ २, २०८० मंगलबार १७:१६:४९
२ जेठ, काठमाडौं । सक्कली नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अरबौं रकम ब्रम्हलुट गर्नेहरुमाथि कडाभन्दा कडा कारबाही गनुपर्ने माग गर्दै देशैभरका पर्यटन श्रमिकहरुको खबरदारी अभियान शुरु भएको छ ।
नेपालीलाई लुटेर खान पल्किएकाहरु जो कोही भएपनि उन्मुक्ति दिन नहुने भन्दै पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल, ¥याफ्टिङ, एअरलाईन्स, सांस्कृतिक, पुरातात्विक, कार्गो, कुरियर श्रमिक यूनियन ९युनिट्राभ नेपाल० ले खबरदारी अभियान थालेको हो ।
युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘दोषी नछुटुन्, निर्दोष नफसुन्’ भन्ने मुल मर्मलाई आत्मसाथ गर्दै यो प्रकरणमा मुछिएका जुनसुकै ओहदा र पदका व्यक्तिलाई कारबाही गर्न माग गर्नुभएको हो ।
अडियो प्रकरण सार्वजनिक भइसकेका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवा, पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँण लगायतलाई अनुसन्धानको घेरामा तान्न युनिट्राभले माग गरेको छ । दोषी जो भएपनि आजीवन जेल सजाय गर्नुपर्ने पर्यटन श्रमिकको माग छ । साथै कुनैपनि दलले दोषीलाई जोगाउने पर्यत्न नगर्न पनि संस्थाले खबरदारी गरेको छ ।
कोही पनि व्यक्तिलाई भ्रष्टाचार गर्न नसक्ने कारबाही र कुनैपनि पार्टी एवं व्यक्तिबाट संरक्षण हुन नसक्ने व्यवस्था अब नथाल्ने हो भने देशको उन्नती, प्रगती सम्भव नहुने भन्दै युनिट्राभले भ्रष्टाचारीलाई कोही कसैले ढाकछोप गर्न खोजिए हातमा जे छ त्यहि लिएर जो कोहीविरुद्ध जाइलाग्न तयार हुने चेतावनी पनि दिएको छ । युनिट्राभले यही नै बेला लडाकु शिविरदेखि, लाउडा काण्ड, ललिता निवास काण्ड, एनसेल प्रकरणदेखि सबै भ्रष्टाचारका काण्डमाथि छानबिन गर्न पनि माग गरेको छ । यी सबै काण्डमाथि छानबिन गरेर भ्रष्टाचारीको सबै सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्नुपर्ने युनिट्राभको माग छ । भ्रष्टाचारीलाई कारबाही नभएसम्म खबरदारी अभियान जारी राख्ने युनिट्राभले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनक्कली भुटानी शरणार्थी प्रकरणको रिटको सुनुवाई आजपनि 'हेर्दाहेर्दै' मा
बैशाख ९, २०८१ आइतबार
विकलविरुद्ध मुद्दा दायर, मुख्यसचिवमाथि प्रश्न मात्रै उठे !
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
जनकपुरमा होटलको एउटै कोठामा महिला र पुरुष झुन्डिएको अवस्थामा मृत फेला
बैशाख ११, २०८१ मंगलबार
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा
बैशाख ११, २०८१ मंगलबार
ट्याक्टर दुर्घटनाबाट सशस्त्र प्रहरीले बचाए चालकको ज्यान
बैशाख ११, २०८१ मंगलबार
रुससँग लड्न युक्रेनले अब उमेर पुगेका नागरिकलाई स्वदेश फिर्ता बोलाउने
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना
बैशाख ११, २०८१ मंगलबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार