गृह मन्त्रालयद्वारा ८ प्रजिअसहित १४ सहसचिवको सरुवा

नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १५:१५:१४

जेठ ३ , काठमाडौँ । सरकारले ९ जना सहसचिव र १३ जना उपसचिवको सरुवा गरेको छ । जसमा केही जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी पनि छन् । गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । सरुवामा ललितपुर, कास्कीलगायत जिल्लाका सिडिओ फेरिएका छन् ।
गृह मन्त्रालयले ललितपुर, धादिङ, अछाम, कास्की, गुल्मी र अर्घाखाँचीसहितका जिल्लाका सिडिओको सरुवा भएको छ । ललितपुरका सिडिओ जयनारायण आचार्यलाई गृहमन्त्रालय ल्याएर त्यहाँ राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितलाई पठाइएको छ । कास्कीमा वासुदेव घिमिरेलाई सिडिओ बनाइएको छ । उनी गृह मन्त्रालयमा कार्यरत थिए ।
धादिङमा सहसचिव बद्रीनाथ गैरे, कमलराज ढकाललाई अर्घाखाँची, टेकबहादुर केसीलाई गुल्मी र अछाममा शिवराम न्यौपानेलाई सिडिओका रूपमा खटाइएको छ । गुल्मीमा यसअघि सागरमणि पाठक कार्यरत रहेकोमा उनलाई तीन महिनामै हटाइएको छ । नक्कली शरणार्थी प्रकरणमा उनलाई पनि प्रहरीले सोधपुछ गरेको थियो ।
प्रतिवेदन किर्ते भएको वेला उनी गृहको स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको प्रमुख थिए । सोही कारण उनलाई हटाइएको गृह मन्त्रालय स्रोत बताउँछ । उपसचिव माधवप्रसाद शर्मालाई रुकुम पूर्व र कृष्ण पौडेललाई तेह्रथुमको सिडिओमा खटाइएको छ । सहसचिव झक्कप्रसाद आचार्यलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशक बनाइएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव झक्कप्रसाद आचार्यलाई लगिएको छ । सहसचिव बद्रीनाथ गैह्रे धादिङको प्रजिअ बनेर गएका छन् । उता तुलसी बहादुर श्रेष्ठ गृह मन्त्रालय आएका छन् । वासुदेव घिमिरे जिल्ला प्रशासन कार्यालय कास्कीको प्रजिअ भएका छन।
गुल्मीका प्रजिअ सागरमणि पाठक र अछामका प्रजिअ लक्ष्मण ढकाल गृहमा आएका छन्। अर्घाखाँचीकी प्रजि मिना अर्याल अध्यागमन कार्यालय गौतमबुद्ध विमानस्थल भैरहवामा सरुवा भएकी छन्। भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा जिल्ला प्रशासन कार्यालय रुकुम पूर्व पुगेका छन्।
अध्यागमन विभागका उपसचिव तुलाराज सुनुवार सुर्खेतको सहायक प्रजिअ बनेर गएका छन् । इलाका प्रशासन कार्यालय साँखुका उपसचिव राजकुमार राई भोजपुरको सहायक प्रजिअ भएका छन । रोल्पाका सहायक प्रजिअ ध्रुवप्रसाद कोइराला इलामका सहायक प्रजिअ भएका छन् । गृह मन्त्रालयका उपसचिव बलराम ढकाल काठमाडौंका सहायक प्रजिअ बनेका छन् । केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलका जेलर डोरेन्द्र निरौला भक्तपुरको सहायक प्रजिअ बनेका छन् ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका उपसचिव कृष्ण पौडेल जिल्ला प्रशासन कार्यालय तेह्रथुम पुगेका छन् । त्यहाँका मोहनप्रसाद अर्याल जिल्ला प्रशासन कार्यालय बर्दियाको सहायक प्रजिअ भएका छन् । बर्दियाका सहायक प्रजिअ रमेश पाण्डेय गृह मन्त्रालयमा सरुवा भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी देवी पाण्डे खत्री राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा सरुवा भएकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअनुगमन कार्यालयद्वारा मागियाे १६ ठेकदार कम्पनीलाई स्पष्टीकरण
जेठ २४, २०८० बुधबार
नागरिकता विधेयक राजपत्रमा प्रकाशित, संशाेधित ऐनमा के छ नयाँ व्यवस्था ?
जेठ १९, २०८० शुक्रबार
गुप्तचर विभागका हाकिमको अमेरिका भ्रमण निराशाजनकः आइतबार हाजिर हुने
जेठ १३, २०८० शनिबार
गुण्डा नाइकेसँग मिलेर थुनुवा कुट्ने डीएसपीलाई कारवाही बिनै उन्मुक्ति
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार
इजलासमा अधिवक्ताहरूको प्रश्न, हाई प्रोफाइलका कसुरदार किन छाडिए ?
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
एमालेमा अध्यक्ष बन्न ओलीलाई पुनः बाटो खुल्ला
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार
सत्ता गठबन्धन र दाहाल सरकार नै नागरिकता समस्याकाे समाधान चाहँदैन
जेठ २६, २०८० शुक्रबार
काठमाडौं जिल्ला अदालतमा कामु प्रधानन्यायाधीशको मिटिङ
जेठ २५, २०८० बिहिबार
प्रचण्ड–बाबुरामविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’मा
जेठ २५, २०८० बिहिबार
विवाह गर्दा वडाको सिफारिस अनिवार्य
जेठ २६, २०८० शुक्रबार
बक्सअफिसमा भिड्दै अक्षय र सनी
जेठ २६, २०८० शुक्रबार
वैदैशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरु
जेठ २६, २०८० शुक्रबार
सन्तुलित भोजन र व्यायाम नै बाथ रोगको औषधि
जेठ २६, २०८० शुक्रबार