जाँदा जाँदै अध्यक्ष भट्टराईद्वारा कोशी अस्पतालमा ४० कर्मचारी भर्नाको तयारी
नेपालबहस संवाददाता
जेठ ३, २०८० बुधबार १९:४३:४७
३ जेठ, विराटनगर । संघीय संरचनामा पुगेपछि कोशी प्रदेश कै नमुनाका रुपमा सुविधा सम्पन्न बन्दै गएको एकमात्र सरकारी स्वामित्वमा संचालन भएको कोशी अस्पताल अहिले क्षमता भन्दा बढी कर्मचारी हुँदा हुँदै पनि आफ्ना नातेदारलाई कर्मचारी नियुक्ति गर्न अस्पताल विकास समिति आफै सक्रिय बनेपछि विवादित बन्न पुगेको छ ।
नेपाल सरकारले सर्वसाधारणको स्वास्थ्य उपचारमा सहज पहुँच पुऱ्याउने उद्देश्यका साथ स्वास्थ्य बीमा संचालन गरेपछि गाउँ गाउँबाट उपचार गर्न कोशी प्रदेशको राजधानी विराटनगर आउने विरामीका लागि बरदानका रुपमा रहेको कोशी अस्पतालमा पछिल्लो समय नयाँ नयाँ कर्मचारी भर्ना गर्दै आफ्ना नातेदारलाई कर्मचारी नियुक्ति गराउन अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराई, सदस्य मुकेश बुढाथोकी, अर्का सदस्य देवा यादव र कोशी अस्पतालका लेखा अधिकृत बालकृष्ण दंगाल स्वयं सक्रिय रुपमा लागि परेको रहस्य खुल्न पुगेको छ ।
अवैध बाटोबाट विकास समितिले शक्तिका भरमा यसरी कर्मचारी नियुक्ति गर्ने सुरसार गर्दा संघीय सरकारबाट कोशी अस्पतालमा नियुक्ति हुने मेडिकल सुपरिटेन्डेन्ट र महालेखा नियन्त्रक कार्यालयद्वारा नियुक्ति हुने लेखा अधिकृत समेतको मिलेमतोबाट करिब ४० जना आफन्त र आफना पार्टीका सदस्यलाई नियुक्ति दिन विकास समितिका अध्यक्ष लगायत सञ्चालक समिति सदस्यले व्यापक रुपमा तयारी गरेको रहस्य पनि खुल्न पुगेको छ ।
बिगतका दिनहरुमा आर्थिक रुपमा अन्त्यन्तै कमजोर रहेको कोशी अस्पताललाई संरचना निर्माण देखि स्वास्थ्य सेवा सुधारका लागि संघीय सरकारले करोडौं रकमको बजेट विनियोजन गरेपछि अस्पताल विकास समितिको तीन वर्षे कार्यकालका लागि तत्कालीन प्रधानमन्त्री केपी ओलीका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफ्ना कार्यकर्ता महेश भट्टराईलाई अध्यक्षमा नियुक्ति दिएसँगै कोशी अस्पताल स्वास्थ्य सेवा सुधारमा भन्दा आफ्ना नातेदार र पार्टी कार्यकर्तालाई कर्मचारी नियुक्ति गराउन मै सक्रिय भएको दावी समेत समाचार स्रोतले गरेको छ ।
कोशी अस्पताल विकास समितिको तीन वर्षे आफ्नो कार्यकाल आगामी असार २३ गतेबाट पुरा भई जाने बेलामा रहेका अस्पताल विकास समिति अध्यक्ष महेश भट्टराईले केही दिन यता देखी ४० जना नयाँ कर्मचारी भर्नाको तयारी गरेको दावी स्रोतले गरेको छ । नयाँ नियुक्तिमा विवाद नहोस् भन्नका लागि अध्यक्ष भट्टराईले अस्पतालका लेखा अधिकृत बालकृृष्ण दंगालको सिफारिसमा एक जना कर्मचारीको नियुक्ति गर्ने तयारी पनि विकास समिति अध्यक्ष भट्टराईले थालेपछि अहिले कोशी अस्पतालमा कर्मचारी नियुक्ति गर्ने विषय छरपस्ट बन्न पुगेको छ ।
कोशी अस्पतालको विकास समिति अन्तर्गत २० वर्ष देखी कार्यरत कर्मचारीलाई प्रक्रियामा गएर सूचना प्रकाशित गरी खरदार देखी सुव्वा स्तरसम्म नियुक्ति गर्नुपर्ने प्रावधानको समेत धज्जी उडाउँदै अस्पताल संचालक अध्यक्ष भट्टराई आफैले दुई वर्ष अगाडि मात्रै नियुक्ति गराएको आफ्नै बुहारी देखी विकास समिति सदस्य मुकेश बुढाथोकीका भाउजू र अर्का विकास समिति सदस्य देवा यादवको भाइलाई खरदार पदमा ठाडै नियुक्ति दिने तयारी गरेपछि कोशी अस्पतालमा कर्मचारी नियुक्ति विवाद उत्कर्षक पुगेको छ ।
आफ्नो तीन वर्षे कार्यकालको अन्तिममा आइपुगेको बेला भटाभट आफ्ना नातेदार र आफ्ना पार्टी कार्यकर्ता नियुक्ति गर्ने विकास समितिको यो तयारीलाई संघीय सरकारले तुरुन्तै रोक्नुपर्ने दावी कर्मचारी स्रोतले गरेको छ । नयाँ संचालकको नियुक्ति पश्चात् कानुनी प्रक्रिया पुरा गरी अस्पताललाई आवश्यक भएमा मात्रै निश्चित कर्मचारी नियुक्ति गर्न सकिने भनाइ अस्पतालमा कार्यरत कर्मचारीको छ ।
आफ्ना नातेदारलाई कर्मचारी नियुक्तिको तयारीका सम्बन्धमा विकास समिति अध्यक्ष महेश भट्टराईलाई अस्पतालमा सम्पर्क गर्न खोज्दा वहाँ अस्पताल त्यति नआउने भनी कोशी अस्पतालले जानकारी दिएको छ । त्यसै गरी अस्पतालमा नयाँ कर्मचारी नियुक्तिमा संलग्न भएको भन्ने आरोपका सम्बन्धमा बुझ्नका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रविन राज सिंहलाई सम्पर्क गर्दा वहाँ सम्पर्कमा आउनै चाहेनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्यमन्त्री यादवले एक तह मुनिका प्रमोदलाई बनाए राष्ट्रिय ट्रमा सेन्टरको मेसु
बैशाख ७, २०८१ शुक्रबार
दमौली अस्पतालमा १२ घण्टा ओपीडी सेवा सञ्चालन गर्ने
बैशाख ६, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार