सिटी होटलको आईपीओ बाँडफाँट कहिले ?
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार ११:४०:४१
४ जेठ, काठमाडौं । सिटी होटलको आईपीओ शुक्रबार बाँडफाँट हुँदै छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार बिहान ८।३० बजे सिटी होटल छिन्नताला चोक, सोल्टीमोड काठमाडौंमा तयारी गरिएको छ । यता, सिटीहोटलको आइपीओमा मागभन्दा ९.४३ गुणा बढी आवेदन परेको छ । गोलाप्रथाबाट आईपीओ बाँडफाँट हुनेछ ।
यसमा ११ लाख ६१ हजार २८० जनाले कुल १ करोड २७ लाख ८८ हजार ९९० कित्ताको लागि आवेदन दिएका छन् । जसमा १ लाख ३५ हजार ५९४ जनाले मात्र सेयर हात पार्नेछन् । १० लाख २५ हजार ६८६ जनाको भने हात खाली हुनेछ ।
होटलले वैशाख २५ गतेदेखि २८ गतेसम्म आईपीओ निष्काशन खुला गरेको थियो । यस होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । कम्पनीले पब्लिकका लागि छुट्याएको कुल १६ लाख ७४ कित्ता शेयरमाध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिसकेको छ ।
यस्तै, ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरु र ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिने ब्यवस्था थियो । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ ।
रेटिङ रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आईपीओलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । केयर नेपालले २०७८ चैत २२ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ आगामी २०८० चैत २३ गतेसम्म बाहल रहनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्लाइउड उद्योगमा तीन सय बढी मजदुरले पाए रोजगारी
बैशाख ५, २०८१ बुधबार
धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रमा लगानी गर्न निजी क्षेत्र तयार : अध्यक्ष ढकाल
बैशाख ४, २०८१ मंगलबार
पेट्रोलियम पदार्थमा प्रतिलिटर ३ रुपैयाँले मूल्य बढ्यो
बैशाख ३, २०८१ सोमबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
बैशाख ५, २०८१ बुधबार
एनएमबि बैंकको एघारौँ हेरिटेज वाक कार्यक्रम सम्पन्न
बैशाख ५, २०८१ बुधबार
कोशीमा झन गरिँदैछ राजनीतिक संकट
बैशाख ५, २०८१ बुधबार
जसपाको महाधिवेशन एकताको प्रथम राष्ट्रिय महाधिवेशन हुने
बैशाख ५, २०८१ बुधबार
इजरायल र हमासबीचको युद्धको प्रभाव गुगल अफिसमा, किन हुदैछ प्रदर्शन ?
बैशाख ५, २०८१ बुधबार
गण्डकीमा सर्वोच्चको आदेश नटेर्ने एमालेको रणनीति
बैशाख ५, २०८१ बुधबार
शुक्रबार हुने सेमिफाइनलमा नेपालको प्रतिद्वन्दी युएई
बैशाख ५, २०८१ बुधबार