भीआईपीसमेत पक्राउ परेकाले नक्क्ली शरणार्थी प्रकरणको छानविन निष्पक्ष भइरहेको बुझ्नुपर्छः प्रधानमन्त्री
नेपालबहस संवाददाता
जेठ ४, २०८० बिहिबार १४:२८:५७
४ जेष्ठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरिएको सांगठनिक ठगी अपराधको छानविनमा भीआईपी समेत तानिएकाले यसको छानविन निष्पक्ष रुपमा भइरहेको बुझ्न पर्ने बताएका छन् । उनले यसमा संलग्न कसैलाई पनि उम्किन नदिने बताएका छन् ।
उक्त प्रकरणमा संलग्न जुनसुकै ओहदाको भए पनि कारबाही गरिने र प्रहरी प्रशासनलाई अनुसन्धानमा कुनै पनि हस्तक्षेप हुन नदिने पनि प्रधानमन्त्रीले दृढता व्यक्त गरेका छन् । प्रतिनिधिसभामा सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका क्रममा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले सोधेको प्रश्नको जवाफमा नक्कली शरणार्थी प्रकरणलाई सरकारले संवेदनशील रूपमा लिएको बताए ।
प्रचण्डले भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानुन अनुसार अनुसन्धान र कारबाही हुने ब्यहोरा प्रष्ट गर्न चाहेको बताए । दोषी कोही पनि उम्किन नपाओस्, निर्दोष कोही पनि नउम्कियोस् भन्नेमा सरकार रहेको उनको भनाइ छ । जुनसुकै तह र तप्काका भए पनि यो अपराधमा संलग्न जो कोही पनि कानुनको दायरामा आउने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले भने,‘भीआईपी-भीभीआईपीहरू पनि परिरहेका त छन् । यसमा स्वतन्त्र र निष्पक्ष छानबिन भइरहेको कुरा त्यसले पनि प्रमाणित गर्दछ । उक्त घटनामा सरकारले कुनै आग्रह र पूर्वाग्रह नलिई निष्पक्ष, तटस्थ छानबिन हो । छानबिनबाट अन्तिम निष्कर्ष निकाली अपराधीलाई कानुनको दायरामा ल्याउन जोड गरेको छ ।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले निष्पक्ष र व्यावसायिक अनुसन्धान गरिरहेको र उक्त विषयमा कुनै पनि हस्तक्षेप नगरिने र हुन पनि नदिने प्रधानमन्त्रीको धारणा छ । उनले भने, ’नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन यो सरकारले कुनै पनि कसर बाँकी राखेको छैन र बाँकी राख्ने पनि छैन । नेपाल प्रहरीको निष्पक्ष र व्यावसायिक अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप भएको छैन । हस्तक्षेप गरिने छैन र हस्तक्षेप हुन दिइने पनि छैन ।’
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन संगठित अपराध गरेको विषयलाई संवेदनशील रूपमा लिनका लागि राजनीतिक दलहरूलाई संवेदनशील बन्न प्रधानमन्त्रीले आग्रह गरेका थिए । उक्त प्रकरणलाई उचित निष्कर्षसहित दोषीलाई कारबाहीको दायरामा
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व संकलन
बैशाख ८, २०८१ शनिबार
भन्सार छलेर ल्याएका ५० लाखका कपडा र काजु बरामद
बैशाख ८, २०८१ शनिबार