अरुण भ्यालीलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न आयोगको स्वीकृति
नेपालबहस संवाददाता
जेठ ७, २०८० आइतबार १८:३८:१५
७ जेठ, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टलाई शतप्रतिशत हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति दिइएको छ । यही जेठ ५ गते विद्युत नियमन आयोगबाट स्वीकृति पाएको हो ।
विद्युत नियमन आयोगका अनुसार कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार रहेको छ। कम्पनीले सोही बराबरको हकप्रद सेयर जारी गर्ने स्वीकृति पाएको हो ।
हकप्रद जारीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७३ करोड ५९ लाख २५ हजार पुग्नेछ । स्वीकृति कार्यान्वयनका लागि आगामी वार्षिक साधारण सभामा प्रस्तावमा लैजाने बाटो खुलेको छ ।
सभाबाट पारित भइसकेपछि हकप्रदका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ । यो कम्पनीले पछिल्लो १० आर्थिक वर्षमा लगानीकर्तालाई ५ देखि १५ प्रतिशतसम्म लाभांश वितरण गर्दै आइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपधनकुटाको पहिचान तथा कोसेली नरिवल बिस्कुट
बैशाख १२, २०८१ बुधबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी
बैशाख १२, २०८१ बुधबार
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : ढकाल
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार