नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक बहस १५ दिन चल्ने अनुमान

नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १८:१२:११

११ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका पक्राउ परेका १६ जना सहित ३० प्रतिवादीको थुनछेक बहस सकिन कम्तीमा १५ लाग्ने अनुमान गरिएको छ । उनीहरूविरूद्ध बुधबार काठमाडाैं जिल्ला अदालतमा मुद्दा दर्ता भएकाे हाे ।
प्रतिवादी सबैलाई ठगी, संगठित अपराध, कीर्ते र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा चलाएको छ ।
इजालसमा प्रतिवादीको बयान लिने काम शुक्रबार सुरु हुने भनिएको छ । सरकारको तर्फबाट आधा दर्जन वकिलले बहस गर्ने तयारी रहेको छ । प्रतिवादीहरुको तर्फबाट ४० भन्दा बढी वकिलले बहस गर्ने अनुमान गरिएको छ ।
शुक्रबार गोला प्रणालीबाट थुनछेक प्रयोजनका लागि पेसी तोकिने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता नेउपानेले बताए । पेसी तोकिएकै न्यायाधीशको इजलासमा प्रतिवादीहरुको बयान हुने उनले बताए । छुट्टाछुट्टै बयान लिने र बयान प्रमाणित गर्ने तथा मुद्दाका पक्ष र विपक्षका वकिलको बहस पूरा हुन समय लाग्ने उनले बताए ।
प्रतिवादीहरूको बयानका क्रममा पत्रकार वा अन्य सरोकारवालालाई प्रवेश अनुमति नदिइने भएको छ । बहसका बेला पनि भीड हुने भएका कारण अनुमति नमिल्ने संभावना रहेको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाउने सपना बाँडेर सयौं जनाबाट करोडौं रुपैयाँ उठाएर संगठित रुपमा ठगी र राज्यविरुद्ध अपराध गरेको अभियोग प्रतिवादीमाथि छ । मुद्दामा उनीहरुबाट २८ करोड रुपैयाँ बिगोदाबी र ४ वटा कसुरमा गरी २० वर्षभन्दा बढी कैदसजायको माग गरेको छ ।
नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, एमाले सांसद एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, सरकारका सचिव टेकनारायण पाण्डे लगायत १६ जना हिरासतमा छन् । बाँकी १४ जना फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । अन्य ३ जनालाई फरार सूचीमा राखिएको छ । उनीहरुको ठेगाना पत्ता नलागेका कारण मुद्दा चलाउन नसकेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहिरासतमा रहेका १८ जनाकै बयान सकियो, थुनछेक बहस सुरू हुने
जेठ १९, २०८० शुक्रबार
शरणार्थी प्रकरणमा बालकृष्ण खाण र टेकनाथ रिजालको बयान जारी
जेठ १९, २०८० शुक्रबार
नक्कली शरणार्थी प्रकरणमा १५ अभियुक्तको बयान सकियो, खाण र रिजालकाे भाेलि
जेठ १८, २०८० बिहिबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार