विद्यालयमा करेन्ट लागेर छात्रको मृत्यु

नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १२:३:१३

♦ सुधा देव
१२ जेठ, सप्तरी । सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ ।
विद्यालयले आयोजना गरेको हाउस वाइज क्रिकेट टुर्नामेन्टमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका झुटकी–२ बस्ने १५ वर्षीय तेसलानन्द यादवको शुक्रबार बिहान मृत्यु भएको हो ।
राजविराज कुनौली रोडमा रहेको विद्यालयमा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजमा लैजानेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी नरेश कुमार सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिए । मृतकका आफन्तले विद्यालयको लारबबाहीले गर्दा घटना भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजंगली च्याउँ खाँदा मृत्यु
जेठ २०, २०८० शनिबार
छात्रवासमा बालकको मृत्यु घटनाः आफन्तको आन्दोलनले नयाँबजार क्षेत्र तनावग्रस्त
जेठ १९, २०८० शुक्रबार
गोताखोरकाे सहायतामा सुनकोशी नदीमा बेपत्ताहरुको खोजी कार्य जारी
जेठ १९, २०८० शुक्रबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार