कोशी प्रदेशसभा बैठकमा आन्दोलनकारीसँग तत्काल वार्ता गर्न सांसदहरुको माग
प्रहरीकाे कुटाइबीच पनि आन्दोलनकारीले भनिरहे- ‘काेशी नाम चाहिँदैन’
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १५:३८:१५
१४ जेठ, विराटनगर । कोशी प्रदेशससभाको बजेट अधिवेशनअन्तगृत पहिलो बैठक सुरु भएको छ । प्रदेशसभा हलबाहिर भने कोशी प्रदेशको नाम खारेज गर्ने माग गर्दै पहिचानवादी आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन् । उनीहरुले बैठक सुरु नहुँदै बिहानैदेखि प्रदर्शन सुरु गरेका हुन् ।
बैठकको शून्य समयमा सांसदहरुले प्रदेशको नामाकरणपछि असन्तुष्ट समूहसँग तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।
प्रदेशसभा भवन बाहिर अहिले प्रहरी र पहिचान पक्षधरका कार्यकर्ताबीच झडप भइरहेको छ । केही प्रहरी र आन्दोनलकारी घाइते भएका छन् । आन्दोलन उग्र बन्दै गएको हाम्रा प्रतिनिधिहरुले बताएका छन् । प्रहरीले लाठी, अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेका छन् । आन्दोलनकारी ढुंगामुढा प्रहार गरिरहेका छन् ।
आन्दोलनकारीले सांसदहरुलाई प्रदेशसभा हलमा प्रवेश गर्न नदिने प्रयास गरेपनि उनीहरु आन्दोलनकारी सडकमा निस्कनुभन्दा पहिल्यै हल प्रवेश गरेका थिए । बैठकपछि हलबाहिर जाँदा सदस्यहरुले खतरा रहने संभावना बढेपछि जिल्ला प्रशासन कार्यालयले निश्चित क्षेत्र र सीमाना तोकेर अनिश्चितकालका लागि कर्फ्यू जारी गरेको छ ।
गएको पुष १२ मा कोशी प्रदेशसभाबाट बहुमतले कोशी नाम राखेपछि आन्दोलनकारीले प्रदेश सांसद तथा मन्त्रीलाई सार्वजनिक कार्यक्रममा समेत अवरोध पुर्याउने र आक्रमणको प्रयास गर्दै आइरहेका छन् । उनीहरुले सरकारी कार्यालयहरुमा कोशी लेखिएको साइनबोर्ड, लेटरप्याड, स्ट्याम्प लगायत सामागी हटाउने र जलाउने कार्यलाई निरन्तर दिँदै आएका छन् । प्रदेशको नाम परिवर्तन गर्न पहिचानको आधारमा नामाकरण नभएसम्म आन्दोलन जारी रहने अडान आन्दोलनकारीहरुले आज पनि दोर्याइरहेका छन् ।
आन्दोलनकारहीले आफूहरुको आन्दोलन अधिकारका लागि भएको र शान्तिपूर्ण आन्दोलनका हस्तक्षेप नगर्न सुरक्षाकर्मीहरुसँग आग्रह गरेका छन् ।
उनीहरुले ‘कोशी प्रदेश चाहिँदै, कोशी नाम मुर्दावाद’ नारा लगाएका छन् । सार्वजनिक भएको एक भिडियोमा प्रहरीले नियन्त्रणमा लिएको प्रदर्शनकारीमा दर्जनौं प्रहरीले कुटपिट गरेको देख्न सकिन्छ । कुटपिटबीच पनि आन्दोलनकारीले कोशी प्रदेश नामको विरोधमा चर्का नारा लगाएका छन् ।
नियन्त्रणमा लिइएका आन्दोलनकारी धरानका उपेन्द्र चाम्लिङमाथि लाठी, बुट र मुक्काले कुटपिट गरेका छन् । उनलाइ प्रहरीले भ्यानमा राखेर चाैकीतर्फ लगिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
ज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
राती १२ बजेपछि मौन अवधि सुरु, सामाजिक सञ्जालसमेत प्रयोग गर्न नपाइने
बैशाख १२, २०८१ बुधबार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ
बैशाख १२, २०८१ बुधबार
कतारका अमिरको नेपाल भ्रमणः उपलब्धि थोरै, चर्चा धेरै
बैशाख १२, २०८१ बुधबार
त्रिपालको ओतमुनि तातोपानी कुण्ड : बिरामीलाई सास्ती
बैशाख १२, २०८१ बुधबार
आयुर्वेद औषधालयमा बिरामीलाई चौबिसै घण्टा सेवा
बैशाख १२, २०८१ बुधबार
चिकित्सक अभावले हेटौँडा अस्पतालमा थन्किए उपकरण
बैशाख १२, २०८१ बुधबार