राष्ट्रिय बिमा कम्पनीको साधारणसभा आह्वान
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार ११:२३:३३
१५ जेठ, काठमाडौं । राष्ट्रिय बिमा कम्पनीको जेठ ३१ गते साधारण सभा बस्ने भएको छ । सभा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा साविकको राष्ट्रिय बिमा संस्थानको को आर्थिक वर्ष २०६८/६९, २०६९/७० र २०७०/७१ र निर्जीवन बिमा विभागको आर्थिक वर्ष २०७०/७१, २०७१/७२ र २०७२/७३ को वार्षिक प्रतिवेदन उपर छलफल गर्ने एजेन्डा रहेको छ ।
यसपटक पनि कम्पनीले लाभांश वितरण भने नगर्ने भएको छ । तसर्थ, लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा यी आर्थिक वर्षको प्रतिवेदन र सोही आर्थिक वर्षहरुको वासलात तथा नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश गरिँदैछ ।
सर्वसाधारण शेयरधनीबाट १ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गर्नेछ ।यस मितिभन्दा अघिसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सिद्धि स्मृति प्रतिष्ठानबिच नगद रहित सेवा सम्झौता
मंसिर १५, २०८० शुक्रबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार