गायक सरगमको जिन्दगीको मोडहरुमा सार्वजनिक
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १४:१७:२०
१५ जेठ, काठमाडौं । गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्यम सरगम राईको शब्द तथा संगीत मा गीत तयार गरिएको छ । गीतमा फडिन्द्र राईको संगीत संयोजन गरेका हुन् ।
गीतमा दिपा लामाको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा युवा माझँमा निकै रुचाइएका प्रयाङ्क स्टार एलिस राई र विमला खजुमको पनि अभिनय छ । भिडियो एलिस राईको परिकल्पना र निर्देशनमा तयार पारिएको हो । सरगम राईको यस अगाडि ’खुशी साटौ जुनी काटौ’ ’माया गाढा छ ’, ’पाती चढाउला’,’दुई मुटु’ लगायतका गीतहरु लोकप्रिय रहेका छन ।
भिडियोमा निकै आकर्षक रुपमा प्रस्तुत गरिएको छ । जिवनका विभिन्न घटना क्रमहरुलाई सिलशिलाबद्ध रुपमा देखाउन खोजिएको छ । दुःख पछिको सुख र नव विवाहित जोडिले जिवनमा भोग्ने गरेको जिवन सघर्षलाई गीतलाई सफल रुपमा चित्रण गरिएको छ ।
काठमाण्डौं र ललितपुरमा रहेका रमणिय ग्रामिण परिवेशलाई गीतमा समेटिएको छ । गीतलाई ’आर जि टी फिल्मस’को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । संकल्प भुजेलको छायाँकन , अनिल रानाको सम्पादन र एलिस राईको निर्देशनमा भिडियो तयार गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सभामुख नेतृत्वको प्रतिनिधिमण्डल स्वदेश फिर्ता
चैत १६, २०८० शुक्रबार
पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य संघको जिल्ला यात्रा
चैत १६, २०८० शुक्रबार
सुनको मूल्यमा नयाँ रेकर्ड, १ लाख ३० हजारमा कारोबार
चैत १६, २०८० शुक्रबार
अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
चैत १६, २०८० शुक्रबार
सगरमाथा क्षेत्रमा याकमार्फत सामान ढुवानी
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक
चैत १६, २०८० शुक्रबार