१३ वर्षपछि फिल्ममा फरदिनको कमब्याक
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १५:३७:५५
१५ जेठ, मुम्बई । अभिनेता फरदिन खान १३ वर्षपछि फिल्म ‘विस्फोट’मार्फत बलिउडमा कमब्याक गर्ने भएका छन् । उनले फिल्म ‘विस्फोट’मा आफूले अहिलेसम्म ननिभाएको चरित्र निभाउने बताए ।
उनले हालै सामाजिक सञ्जालमा नयाँ फोटो पोस्ट गरेका थिए, जुन फोटो निकै भाइरल भएको थियो । उनले ‘आईफा अवार्ड २०२३’मा नयाँ फिल्मको बारेमा कुराकानी गरेका थिए ।
‘म विस्फोटलाई लिएर उत्साहित छु । मेरो मिल्ने साथी सञ्जय गुप्ता, जोसँग मैले यसअघि काम गरेको थिएँ, उसले फिल्म निर्माण गरिरहेको छ । कुकी गुलाटी, जसको निर्देशनमा मैले यसअघि एक विज्ञापनमा काम गरेको थिएँ, उसकै निर्देशनमा विस्फोट बन्नेछ’, उनले भनेका छन् ।
फिल्मको कथा फरदिनको चरित्र वरपर घुम्नेछ, जसले एक पाइलटका छोरालाई अपहरण गर्छन् । पाइलटको छोराको भूमिकामा रितेश देशमुख छन् । यो फिल्म भेनेजुएलाको फिल्म ‘रक ¥यापर सिजर्स’को हिन्दी रिमेक हो । फरदिन पछिल्लो पटक सन् २०१० मा रिलिज फिल्म ‘दुल्हा मिल गया है’मा देखिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफिल्म ‘टाइटानिक’ मा हिरोइन बचाउने ढोकाको लिलामी
चैत १५, २०८० बिहिबार
सिद्धार्थ र अदिति विवाह बन्धनमा बाँधिए
चैत १४, २०८० बुधबार
ऋतिकको सुपरहिरो थ्रिलर फिल्म क्रिस ४ को तयारी सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
कांग्रेसद्वारा आदिवासी जनजाति र सहकारी विभागमा सदस्य मनोनीत
चैत १६, २०८० शुक्रबार
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमालाई चुनाव लड्न प्रतिबन्ध
चैत १६, २०८० शुक्रबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार