राजनीतिक स्वार्थकेन्द्र बन्दै कोशी अस्पतालः जाने बेलामा कर्मचारी नियुक्तिमा अस्पताल विकास समिति सक्रिय
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १६:५०:५
१५ जेठ, विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर स्थित प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था कोशी अस्पताल पछिल्लो समय राजनीतिक नेताहरूको स्वार्थ पूरा गर्ने केन्द्र बन्दै आएको छ ।
संघीय सरकार मातहतमा रहेको कोशी अस्पताल विकास समितिले आफ्नो पदावधि सकिन एक महिना बाँकी रहेको मौका छोपी आफ्ना निकटका र आफ्ना नातेदारलाई कर्मचारी नियुक्ति गर्न अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई व्यापक दवाव दिएको रहस्य खुलेको हो ।
कोशी अस्पतालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आफ्ना कार्यकर्ता महेश भट्टराईलाई कोशी अस्पताल विकास समितिमा तीन वर्षका लागि अध्यक्षमा नियुक्ति गरेका थिए । अध्यक्ष भट्टराईको आगामी असार २३ गते तीन वर्ष पुरा भई जाने अवस्थामा आइपुगेपछि गत हप्ता मात्रै अस्पताल विकास समितिले कार्यालय समय सकिएपछि बेलुकी ६ बजेपछि बैठक बसेर अस्पतालमा कर्मचारी नियुक्ति गर्ने निर्णय गरेको रहस्य बाहिरिएको छ ।
यसरी अस्पताल विकास समितिले गरेको निर्णयमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले समर्थन गर्नुपर्ने अनिवार्य व्यवस्थाका कारण विकास समितिको निर्णय सार्वजनिक नगरिएको अस्पताल स्रोतले बताएको छ । अर्कोतिर आफू पदावधि सकिएर घर जाने बेलामा विकास समिति अध्यक्ष भट्टराईले राजनीतिक निर्णयबाट कर्मचारी नियुक्ति गर्न खोजिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले उक्त कर्मचारी नियुक्ति रोक्न निर्देशन दिएको स्रोतले बतायो ।
यस्ता प्रकरणहरुले गर्दा पछिल्लो समय कोशी अस्पतालमा राजनीतिक र व्यक्तिगत स्वार्थ हावी गराउने प्रवृत्ति मौलाइरहेको विषयलाई उजागर गरेको छ । यो प्रकरणले गत फागुन २ गते निमित्त मेसुको जिम्मेवारी पाएका वरिष्ठ कन्सल्टेण्ट सर्जन डा. रविनराज सिंहलाई कार्यकाल सुरु भएको २ महिना पूरा नहुँदै अस्पताल विकास समितिले व्यापक दवाव दिएको रहस्य पनि उजागर भएको छ ।
कोशी अस्पतालमा सेवा सुविधा विस्तार गर्ने भन्दा पनि आफ्ना नातेदार र कार्यकर्तालाई अस्पतालको कर्मचारी नियुक्ति गरेर संघीय सरकार मातहतको अस्पताललाई सिध्याउन केही समय पछि घर जान लागेको अस्पताल विकास समिति अहिले सक्रिय रहेको छ । पछिल्लो समय केही सुधार र विकासको यात्रामा अगाडि बढेको कोशी अस्पताललाई सिध्याउन अस्पताल विकास समिति नै सक्रिय भएर लागेको आशंका गर्न थालिएको छ ।
एकातिर संघीय सरकारले पनि प्रदेशकै ठूलो सरकारी स्वास्थ्य संस्था भएर पनि राजनीतिक स्वार्थसँग जोडेर बारम्बार अस्पतालको मेसु परिवर्तन गर्ने प्रक्रियाले अस्पतालको व्यवस्थापन र सेवाप्रवाहमा प्रत्यक्ष असर परेको कुरा स्वयं चिकित्सकहरू बताउँछन् । अस्पतालको अवस्था बुझ्न नपाउँदै मेसुलाई छोटो अवधिमै जिम्मेवारी मुक्त गर्ने क्रमले गर्दा अस्पतालको व्यवस्थापनमा प्रत्यक्ष असर पुर्याउने गरेको अस्पतालका चिकित्सकहरू स्वीकार गर्ने गर्दछन ।
कोशी अस्पतालमा ११ औँ तहका २ जना चिकित्सक र १० औँ तहका तीन जना चिकित्सक रहेका छन् । २०६१ साल यता अस्पतालमा १७ जना मेसु परिवर्तन भइसकेका छन् । मेसुको परिवर्तन भने सरकार र मन्त्री परिवर्तनसँग प्रत्यक्ष जोडिँदै आएका छन् । अस्थिर मेसुको विगतको नजिरले नै सरकार र मन्त्री परिवर्तन हुना साथ यहाँको विकास समितिका नाममा राजनीतिक नियुक्ति लिएर बसेकाहरू कर्मचारीका नाममा आफ्ना नातेदार देखि पार्टी कार्यकर्ता नियुक्तिमा सक्रिय हुने गरेको कुरा जानकारहरुले बताएका छन ।
३ सय ५० बेड शैया रहेको अस्पतालमा दैनिक २५ सय जनाभन्दा बढी उपचार र स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन । अस्पतालमा ७ अर्बको लगानीमा भौतिक संरचना निर्माणको काम भइरहेको छ । हाल अस्पतालमा सरकारी दरबन्दीका ८० र विकास समितिका २५ चिकित्सक तथा सरकारी दरबन्दीका ७६ र विकास समितिका ६५ स्टाफ कार्यरत रहँदै आएका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेप्सेमा सामान्य गिरावट, २ अर्बभन्दा बढीको कारोबार
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
गण्डकीका शहरी क्षेत्रमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
बलिउड अभिनेत्री तमन्नालाई बयानका लागि बोलाइयो
बैशाख १३, २०८१ बिहिबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार