लक्की फिल्मी अवार्डको जिंगल सार्वजनिक
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार ११:४८:१६
१६ जेठ, चितवन । असार ८ गते चितवनमा हुने एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको अडियो जिंगल सार्वजनिक भएको छ । नायक अनुप विक्रम शाही, नायिका प्रियंका कार्की र लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा अडियो जिंगल सार्वजनिक गरेका हुन् ।
नायक अनुप विक्रम शाहीले फिल्मी अवार्डले कलाकारहरुलाई हौसला मिल्ने बताए । नायिका प्रियंका कार्कीले फिल्मी अवार्ड कलाकारहरुका लागि उत्सव भएको बताइन् । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्य सहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम हुन लागेको हो ।
अडियो जिंगलमा आनन्द कार्की, सरिता शाहीको स्वर रहेको छ । हरि कार्की 'लक्की' को शव्द, राजु सिंहको संगीत , मनोहर सुनाम म्युजिक एरेन्जर, भोला पौडेल रेकर्डिङरमिक्स मास्टर रहेका छन् । साउन्ड रेकर्डिङ स्टुडियोमा जिंगल रेकर्ड गरिएको हो । फिल्मी अवार्डमा देशभरबाट सिनेकर्मी, कलाकारहरु सहभागि हुनेछन् ।
फिल्मी अवार्ड कार्यक्रम लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटमा हुनेछ । लक्की मिडियाका महाप्रवन्धक कार्कीले देशव्यापी प्रचार(प्रसार कार्य जारी रहेको बताए । अवार्ड वितरणका लागि जुरी टिम समेत निर्माण भैसकेको बताए । उनका अनुसार सिने क्षेत्रका दुई दर्जन बढी विधामा अवार्डहरु वितरण हुने छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहाजात्राको पहिलो सातामा भव्य व्यापार, ६ करोड २४ लाखको कमाई !
चैत १६, २०८० शुक्रबार
माघ ११ गते चलचित्र ‘अञ्जिला’ रिलिज हुने
चैत १५, २०८० बिहिबार
भोजपुरी फिल्म ‘साम्राज्य’ नेपाली भाषामा पनि बनाइने
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
आइतबारबाट विशेष अदालतमा अनलाइनबाटै मुद्दाको सुनुवाइ हुने
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वुल्भ्सले नेपाललाई दियो २२३ रनको लक्ष्य
चैत १६, २०८० शुक्रबार
छिल्लीकोटबासीको मुख्य आम्दानीको स्रोत माडागेडी
चैत १६, २०८० शुक्रबार
लागुऔषध कोकिनको कारोबारमा संलग्न दुईजना पक्राउ
चैत १६, २०८० शुक्रबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार