छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १२:३२:२६
१६ जेठ, काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-९ खहरे गोठाटारमा बा.५ ख ११६० नम्बरको निशान गाडी र ना.८ ख ३५४४ नम्बरको टिपर एकआपसमा ठोक्किएर सोमबार राति दुर्घटना हुँदा बा.५ ख ११६० नम्बरको गाडी चालक रामेछाप मन्थली गाउँपालिका-७ घर भई हाल काठमाडौं तेजबिनायक बस्ने १९ वर्षीय डिल बहादुर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका टिपर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै, सिरहाको नवराजपुर गाउँपालिका-१ भगवतीपुर चोकस्थित सडकमा स.१० प ६३२० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय छविल प्रसाद साहको सोमबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, बाराको महागढीमाई नगरपालिका-८ थलही पुलस्थित सडकमा प्र.२-०३-०१४ प ६१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक पचरौता नगरपालिका-८ बस्ने २१ वर्षीय नितेश चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल कलैयातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसैगरी बारा, सिम्रौनगढ नगरपालिका-८ कचोर्वामा हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएका २८ वर्षीय मुक्ति नारायण यादवको मृत्यु भएको छ । दुर्घटनमा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै एलएस न्यूरो हस्पिटल गण्डकमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता, ईलामको ईलाम नगरपालिका-७ जिरोस्थित सडक छेउमा रोकी राखेको प्र.१ -१०३-००१ त ००१२ नम्बरको ट्याक्टरमा मे.११ प ८२१५ नम्बरको मोटरसाइकल ठक्कर खाई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ पुवामझुवा बस्ने २५ वर्षीय संजय राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै थप उपचारको लागि बिएण्डसि अस्पताल बिर्तामोड झापातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
त्यस्तै, कपिलवस्तुको कपिलवस्तु नगरपालिका-१० पचेहरा चोकस्थित सडकमा लु।३९ प १५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने १९ वर्षीय कम्लेस रैदासको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऔषधिमा प्रयोग हुने केमिकल बोकेको ट्रकमा आगलागी
बैशाख ११, २०८१ मंगलबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार
सिन्धुपाल्चोक बस दुर्घटना : ज्यान गुमाउने तीन जनाकै सनाखत
बैशाख ७, २०८१ शुक्रबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
अमिर खानले जोया अख्तरसँग मिलेर फिल्म बनाउने
बैशाख १२, २०८१ बुधबार
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १२, २०८१ बुधबार
शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौं : शिक्षामन्त्री श्रेष्ठ
बैशाख १२, २०८१ बुधबार
झापामा जीपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु
बैशाख १२, २०८१ बुधबार
विहे घरमा आगलागी, २ जना घाइते
बैशाख १२, २०८१ बुधबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार