फेरि रोकियो सन्दीपविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १४:४१:४१
१६ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा नाबालिका बलात्कार मुद्दाको अन्तिम सुनुवाइ आज पनि हुन सकेन ।
मुद्दाको अन्तिम फैसलाका लागि जिल्ला न्यायाधीश शंकरबहादुर राईको इजलासमा आजलाई पेसी तोकिए पनि सुनुवाइ रोकिएको हो । किशोरीले क्षतिपूर्ति पाउनुपर्ने माग राखी दिएको निवेदन पनि साथै राखेर सुनुवाइ गर्ने भन्दै न्यायाधीश राईले आज मुद्दाको सुनुवाइ रोकेका हुन् ।
अन्तिम सुनुवाईका लागि यसअघि पटकपटक पेसी तोकिए पनि सर्दै आएको छ । अब अर्को पेसी कहिले तोक्ने भन्नेबारे टुंगो आजै लगाउने तयारी छ ।
अन्तिम सुनुवाइका लागि यसभन्दा अघिल्लो पेसीमा इजलासले वडाबाट पीडितको जन्म दर्ताको सक्कल प्रति झिकाउन आदेश दिएको थियो ।
काठमाडौं जिल्लाको अदालतको थुनछेक सुनुवाइबाट मुद्दा पुर्पक्षका लागि जेल पठाइएका उनी उच्च र सर्वोच्च अदालतको आदेशमा थुनाबाहिर रहेर राष्ट्रियम टिमबाट क्रिकेट खेलिरहेका छन् ।
अभियुक्त सन्दीप नेदरल्यान्ड्स र स्कटल्यान्डसँग मैत्रीपूर्ण खेल खेल्न राष्ट्रिय क्रिकेट टोलीसँग भोलि बुधबार नै दक्षिण अफ्रिका जाँदैछन् । उक्त खेल सकेलगत्तै नेपाली टोली अभ्यास खेल खेल्न जिम्बाबे जानेछ । यूएई र ओमानसँग दुई अभ्यास खेलपछि नेपालको विश्वकप छनोट चरण सुरु हुनेछ ।
विश्वकप छनोटमा नेपाल रहेको समूहमा टेस्ट राष्ट्र वेस्ट इन्डिज र जिम्बावेसँगै अमेरिका र नेदरल्यान्ड्स छन् ।
सन्दीपको मुद्दा छिटो टूंगोमा पुर्याउन माग गर्दै आजै मात्र स्वतन्त्र युवाहरुले काठमाडौं माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले ‘सन्दीपको मुघा छिटो निरुपण गर, सन्दीपलाई न्याय दे’ जस्ता प्लेकार्ड बोकेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप६ जना महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान
बैशाख ११, २०८१ मंगलबार
आइपिएलमा आधा खेल सकिए, कस्तो भयो अंकतालिका ?
बैशाख ११, २०८१ मंगलबार
आईपीएलमा आज दुई खेल हुँदै
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार