कोशी नाम पुनर्विचार गर्ने पक्षमा उभिए कांग्रेसका १४ जिल्ला सभापति, खेलकुद मन्त्री लिम्बूकाे बलियाे साथ
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १४:२१:१५
१७ जेठ, विराटनगर । नेपाली कांग्रेसको कोशी प्रदेशका १४ जिल्ला सभापति कोशी प्रदेशको नाम पुनर्विचार गर्ने पक्षमा उभिएका छन् । कोशी प्रदेशअन्तर्गतका १४ जिल्लाका कांग्रेस सभापतिहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै कोशी नाम पुनर्विचारका लागि पार्टी नेतृत्व र प्रदेशसभासँग विशेष आग्रह गरेका छन् ।
गएको फागुन १७ मा प्रदेशसभाको बुहमत सदस्यले प्रदेशको कोशी नाम राखेपछि उक्त नाम खारेज गरी पहिचानको आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै आन्दोलन चलाइरहेका पहिचान पक्षधरहरुले आन्दोलन चर्काउँदै लगेपछि जिल्ला सभापतिहरुले मुख खोलेका हुन् । उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो विरोधको सुनुवाइ नेपाली कांग्रेसको नेतृत्वले गर्नुपर्छ ।’
मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बु, खोटाङ सभापति विष्णु कुमार राई, उदयपुर सभापति हिमाल कार्की, झापाका सभापति देउ कुमार थेबे, संखुवासभाका सभापति दीपक खड्का, सुनसरी सभापति केदार भण्डारी, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, सोलुखुम्बु सभापति नामगेल जाङ्बु शेर्पा, तेह्रथुम सभापति अर्जुन तुम्बाहाम्फे, इलाम सभापति डम्मर खडका, पाँचथर सभापति रुपनारायण जगेबु, धनकुटा सभापति दिनेश राई, भोजपुर सभापति विनोद राई वान्तवा र ताप्लेजुङ सभापति गजेन्द्र तुम्याहाङले पनि संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
विज्ञप्तिमा हस्ताक्षर गर्ने मोरङ सभापति लिम्बू संघीय सरकारका युवा तथा खेलकुद मन्त्री हुन् । उनी सरकारमा संस्थापन इतर पक्षबाट मन्त्री नियुक्ति भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
इलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई बनायो उम्मेदवार
चैत ११, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
बोआओ फोरममा चीनको प्रतिबद्धता, खुलापन र साझेदारी
चैत १६, २०८० शुक्रबार
स्थानीय नृत्य प्रस्तुत गर्दै नेपाली सेना
चैत १६, २०८० शुक्रबार
एआईमा जागिर गर्नेहरूले कति तलब पाउँछन् ?
चैत १६, २०८० शुक्रबार
कांग्रेसको सहकारी विभागमा १० जना मनोनयन
चैत १६, २०८० शुक्रबार
लिलाम हुन नसकेका सवारीसाधन
चैत १६, २०८० शुक्रबार
के मेकअप रिमूभर प्रयोग गर्नु अनुहारको लागि राम्रो हो ?
चैत १६, २०८० शुक्रबार