कफीमा सेतो गवारो र छहारीको समस्याले किसान चिन्तित
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १४:४८:२६
१८ जेठ, तम्घास । गुल्मीको कफीमा सेतो गवारो र छहारीको समस्या देखिएको छ । कफीले फलदिने समयमा सेतो गवारोले बिरुवा सुक्न थालेपछि किसान समस्यामा परेका हुन् ।
कफीका लागि आवश्यकपर्ने छहारीकोसमेत उपलब्धता नहुँदा बिरुवा मर्ने र कम उत्पादन हुने समस्या देखिएको छ । “तीन वर्षमा कफीले फल दिन्छ, तर गवारोले गर्दा फल दिने बेला बिरुवा नै मर्छ”, मदाने गाउँपालिका-३ सिर्सेनीका कफी कृषक नारायण अर्यालले भने, “गवारो बढी हुँदा र छहारी नहुँदा समस्या परेको छ ।”
अर्का किसान दमन्ता अर्यालले बिरुवामा किरा लाग्ने, बिरुवा मर्ने जस्ता समस्या देखिएको बताए । कफीमा पहिले सानो जाली लगाएको र अहिले ठूलो लगाए पनि बिरुवाका मुन्टा भाँचिने समस्या भएको अर्यालको भनाइ छ । “सानैमा बिरुवा मर्ने समस्या भयो, बाँचेका केही बिरुवा अहिले हुर्कंदै छन्”, अर्यालले भने, “पानी, मल र छहारी भएमा कफी उत्पादनमा वृद्धि हुने थियो ।”
सिर्सेनी लाम्पाटाका किसान प्रेम अर्यालले छहारी नहुँदा घामबाट र चिसोबाट विभिन्न प्रकारका रोग लागेको बताए । त्यस्तै उनले कफीका मुन्टा भाँचिने, असिना र शितबाट पनि कफीका बिरुवालाई असर गर्ने हुँदा अनिवार्यरुपमा छहारी आवश्यक पर्ने बताए । राज्यले छहारीका लागि गुणस्तरीय टनेलको व्यवस्था गरिदिए कफी उत्पादनमा वृद्धि गर्न सकिने उनको भनाइ छ ।
कफीका लागि प्रसिद्ध जिल्ला गुल्मीमा यसको उत्पादन, उत्पादन गर्ने क्षेत्रफल र आबद्ध कृषक पनि बर्सेनि बढ्दै गएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७६/७७ मा एक हजार छ सय ४५ कृषकले एक सय ८२ हेक्टर क्षेत्रलफलमा कफी लगाउँदा २४ मेट्रिकटन उत्पादन भएको थियो । आव २०७७/७८ मा एक हजार छ सय ९५ कृषकले दुई सय पाँच हेक्टरमा गरेको कफी खेतीबाट २५ मेट्रिकटन उत्पादन भएको कार्यालयको तथ्याङ्क छ ।
त्यसैगरी आव २०७८/७९ मा एक हजार सात सय ४० कृषकले दुई सय २५ हेक्टर क्षेत्रफलमा गरेको खेतीबाट २८ मेट्रिकटन कफी उत्पादन भएको थियो । चालु आवमा ३० मेट्रिकटन कफी उत्पादन हुने कार्यालयको अनुमान छ । चालु आवमा दुई सय ४१ हेक्टरमा एक हजार आठ सय पाँच कृषकले कफी खेती गरेको कार्यालय प्रमुख गङ्गाकुमारी पोखरेलले जानकारी दिए ।
पोखरेलले कफीमा आइपर्ने विभिन्न समस्याको न्यूनीकरणका लागि तालिम सञ्चालन गरेको बताए । उनले मदाने–३ सिर्सेनीमा १५ हप्ते तालिम नै सञ्चालन गरी कफीको खाडल व्यवस्थापन, बिरुवा हुर्काउने तरिका, सेतो गवारोको समस्या र समाधानका उपाय, छहारीको महत्वलगायतका विषयमा तालिम दिएको बताए । “सेतो गवारोबाट बच्ने उपाय भनेकै पेष्ट र सरसफाइ गर्ने हो”, उनले भने, “त्यसका लागि हामीले तालिमका साथसाथै विषादी पनि उपलब्ध गराएका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
आजदेखि चिया निर्यातमा भारतीय अवरोध हट्यो
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार