पच्चिस वर्षका लागि भारतसँग विद्युत व्यापारको प्रारम्भिक सम्झौता, सम्झाैता नेपालकाे हितमा भएकाे घिसिङकाे तर्क
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १६:३:४७
१७ जेठ, काठमाडौं । नेपाल र भारतबीच दीर्घकालीन (२५ वर्ष) विद्युत व्यापारका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा बिहीबार दुई देशका ऊर्जा सचिवस्तरमा दीर्घकालीन विद्युत व्यापार (लङ टर्म पीपीए)का लागि प्रारम्भिक सम्झौता भएको हो ।
प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको समुपस्थितिमा बिहीबार दिल्लीको हैदरावाद हाउसमा नेपालका ऊर्जा सचिव दिनेशकुमार घिमिरे र उनका भारतीय समकक्षी श्रीआलोक कुमारले प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरेका छन् ।
नेपालले भारतसँग दीर्घकालीन विद्युत् व्यापारबारे अन्तरसरकारी सम्झौता गर्न राखेको प्रस्तावमा भारत सहमत भएको हो । सम्झौताअनुसार भारतसँग नेपालले २५ वर्षका लागि दीर्घकालीन विद्युत व्यापार गर्न सक्नेछ । भारतले १० वर्षभित्र नेपालको १० हजार मेगावाटसम्म बिजुली किन्ने प्रतिबद्धता जनाएको छ । संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच ‘लंगटर्म पावर ट्रेड एग्रिमेन्ट’ भएको बताएका छन् ।
सम्झौता गर्ने सहमति जनाएको भारत भ्रमणमा प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा सहभागी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।
भ्रमण टोलीमा रहेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हाल भएको प्रारम्भिक सम्झौताले नेपालले भारतसँग उर्जा व्यापारबाट राम्रो लाभ लिन सक्ने बाटो खुलेको बताए । आगामी दिन पूर्ण सम्झौता गर्न बाटो खुलेको पनि उनले बताए । अहिलेको सम्झौता नेपालको हितमा भएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
कुकुरभुक्कामा ५५ वर्षअघि निर्माण गरिएको गुर्गी सिँचाइ आयोजना अलपत्र
बैशाख १०, २०८१ सोमबार
माथिल्लो अरुण र दुधकोसी आयोजनाको सुरुङ खन्न टनेल बोरिङ मेसिङ प्रयोग गरिने
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
आजको मौसम : यी ठाउँमा हुरीबताससहित वर्षाको सम्भावना
बैशाख १३, २०८१ बिहिबार
दिल्लीले चार रनले हरायो गुजरातलाई
बैशाख १३, २०८१ बिहिबार
यस्तो छ तपाइको आजको राशिफल
बैशाख १३, २०८१ बिहिबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार