कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार १०:५४:४१
१९ जेठ, काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावरले जेठ १९ गते देखि आईपीओ बिक्री खुला गरेको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो ।
कम्पनीले जारी पुँजी १२ करोड १८ लाख ६७ हजार ५ सय रुपैयाँको १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँ बराबरको आइपीओ स्थानीय बासिन्दाहरुका लागि जारी गरेको हो ।
कम्पनीले १ सय अंकित मूल्यमा १ लाख २१ हजार ८६८ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि बिक्री खुला गरेको हो । उक्त आईपीओमा दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नं। ९ 'साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडाहरु' तथा भिमेश्वर नगरपालिका वडा नं। १ 'साविकको सुद्रावती गाविसका सम्पूर्ण वडाहरु' का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
त्यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १०५ ले हुने १२ लाख १८ हजार ६ सय रुपैयाँ बराबरको शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेको छ ।
जसअनुसार प्रतिशेयर १ सय अंकित दरले १२ हजार १८६ कित्ता साधारण सेयरमा विदेशमा रोजगार गरिरहेका नेपालीहरुले आवेदन दिन सक्नेछन् । दुवै समूहका लगानीकर्ताले आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सक्नेछन् ।
आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले यसमा असार १ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै शेयर बिक्री नभएमा असार १७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने आसर १ गतेभित्र आवेदन दिनुपर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यो आईपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले लक्ष्मी बैंक, सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र सिद्धार्थ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरमार्फत शेयर भर्न सकिनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिद्धि हाइड्रो कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल
चैत १६, २०८० शुक्रबार
माउन्टेन इनर्जीको साधारणसभा आज, के-के छन् एजेण्डा ?
चैत १३, २०८० मंगलबार
प्रभु क्यापिटलको भिजिट मर्चेन्ट बैंक कार्यक्रम सम्पन्न
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
हेलम्बुमा हाइअल्टिच्युड भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार