नेपालगन्ज-रूपैडिहाकाे एकीकृत जाँचचौकी डेढ दशकपछि सञ्चालन
नेपालबहस संवाददाता
जेठ १९, २०८० शुक्रबार ११:३०:०
१९ जेठ, काठमाडौं । बाँकेस्थित नेपाल र भारतबीचको सीमा नाका नेपालगन्ज-रूपैडियाकाे एकीकृत जाँच चौकी (आईसीपी) १८ वर्षपछि संचालनमा आएको छ । निर्माण भएको १८ वर्षपछि आईसीपी सञ्चालनमा आएको हो ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईसीपीको बिहीबार नयाँ दिल्लीबाट संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । यो चौकीबाट शुक्रबारबाट आयात–निर्यात सुरु भएको छ । आईसीपी सञ्चालनको खुशीयालीमा पन्चैबाजा बजाइएको थियो ।
त्यसकाे भाेलिपल्ट शुक्रबार संघीय सांसद धवलशमशेर राणा, बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य अब्दुल वाहिद मन्सुरीलगायत सुरक्षा निकायका प्रमुखले नेपाल र भारतको झण्डा फहराउँदै नेपालतर्फबाट प्रालिले जडीबुटी बाेकेकाे ट्रक भारततर्फ पठाइएका थिए ।
यस्तै, भारततर्फबाट बहराइच जिल्लाका प्रमुख जिल्ला अधिकारी (डीएम) मोनिका रानी, प्रहरी प्रमुख एसपी प्रशान्त बर्मालगायतले नेपाल र भारतको झण्डा हल्लाएर भारतबाट नेपालमा पेट्रोलियम र एलपी ग्यास बोकेको ट्यांकर तथा प्लाईवुड लाेड भएकाे ट्रकलाई नेपालतर्फ पठाएका थिए । ट्रकमा नेपाल र भारतको संयुक्त रुपमा झण्डा अंकित ब्यानर राखिएको थियो ।
नेपाल र भारतबीच सन् २००५ मा आईसीपी निर्माण गर्ने सम्झौता भएको थियो। भारतीय केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलेभारततर्फको आईसीपी शिलान्यास गरेका थिए । दुई वर्षपछि अर्थात् २००७ कात्तिकमा मात्र नेपालतर्फ भूमिपूजन गरिएको थियो ।
आईसीपीमा भन्सार जाँचपासका लागि आवश्यक पर्ने भन्सार कार्यालय, बैंक, पशु क्वारेन्टिन, प्लान्ट क्वारेन्टिन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यारेकलगायत कर्मचारीको आवास गृहको निर्माण गरिएको छ। भारत सरकारले यसअघि नै विराटनगर र वीरगन्जमा आईसीपी निर्माण गरी नेपाल सरकारलाई हस्तान्तरण गरेर सञ्चालनमा छन् ।
प्रधानमन्त्री प्रचण्ड ४ दिने भ्रमणका लागि बिहीबार नयाँ दिल्ली पुगेका थिए । उनी शनिबार नेपाल फर्किने तालिका छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा ११ सदस्यीय मन्त्रिपरिषद, सात जनाले आज लिए शपथ
बैशाख ६, २०८१ बिहिबार
लुम्बिनीमा मन्त्री बनेकाहरुको शपथ साँझ ५ बजे
बैशाख ६, २०८१ बिहिबार
महिलाका लागि आम्दानीको स्रोत हस्तकला
बैशाख ५, २०८१ बुधबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
सत्ता र शक्ति भएपछि न प्रहरी लाग्छ, न अदालत ?
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
आइसीसीको टी-२० वरियतामा दिपेन्द्रको छलाङ
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
बैशाख ७, २०८१ शुक्रबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
धरौटी बुझाउन नसकेपछि दीपेश पुनलाई जेल पठाइयो
बैशाख ७, २०८१ शुक्रबार
मस्कको सुझाव - रकेट एकअर्कामा होइन, ताराहरुमा पठाऊ !
बैशाख ७, २०८१ शुक्रबार
आमजनतामा सूचना प्रविधिको पहुँच बिस्तार आवश्यकः मन्त्री शर्मा
बैशाख ७, २०८१ शुक्रबार
काठमाडौँ महानगरमा निःशुल्क उपचार, कसरी लिने सेवा ?
बैशाख ७, २०८१ शुक्रबार
वीरगञ्जमा व्यापारी कुशवाह र गुप्ताको गोदामबाट सवा १ करोडका कपडा बरामद
बैशाख ७, २०८१ शुक्रबार
स्वास्थ्य मन्त्रालयको अनुरोध : स्वास्थ्य बीमाबारे भ्रामक सूचनाको भर नपर्नु
बैशाख ७, २०८१ शुक्रबार